arrow

अयोध्या मामलामा मोदी बोले – कांग्रेसले न्यायाधीशलाई महाभियोगको धम्की दिन्छ

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
modi-indian-pm-1.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्या मामलामा प्रमुख प्रतिपक्षी काँग्रेस आईलाई दोष लगाएका छन् । 

मोदीले अयोध्या मामलाको सुनुवाई गर्ने न्यायाधीशलाई महाभियोग लगाउने त्रास देखाउँदै सुनुवाई नै गर्न नदिएको आरोप लगाएका हुन् । 

आइतबार अबलरको विजयनगर मैदानमा राज्यको पहिलो चुनावी सभालाई सम्वोधन गर्ने क्रममा मोदीले भने, ‘सर्वोच्च अदालतका कुनै पनि न्यायाधीश जब अयोध्याजस्तो गम्भीर मुद्दामा न्याय दिने दिशामा अगाडि बढ्छन् तब काँग्रेस न्यायाधीशको विरुद्धमा महाभियोग लगाएर उनलाई डराउँछ र धम्की दिन्छ ।’

मोदीले भने, ‘जब अयोध्या मामलामा सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको थियो काँग्रेसका नेता तथा राज्यसभा एक सदस्यले भने कि २०१९ सम्म मुद्दा नचलाउनु किनकि २०१९ मा चुनाव छ ।’

मोदीले काँग्रेसलाई प्रश्न गरे – देशको न्यायतन्त्रलाई यसरी राजनीतिमा धकेल्नु उचित हो ?’

मोदीले काँग्रेससंग चुनावी मुद्दा नभएको आरोपसमेत लगाए । 

मोदीले भने, ‘कहिले उनीहरु मेरी आमालाई गाली गर्छन् कहिले मेरो जातलाई लिएर प्रश्न खडा गर्छन्, पूरै देशलाई थाहा भैसक्यो कि यो सबै राहुल गान्धीले निर्देशन दिएर भएको हो ।’

मोदीले घृणाको भावना काँग्रेसको रगतमा रहेको आरोपसमेत लगाएका छन् । उनले काँग्रेसले राजनीतिक संस्कारसमेत छाडेको आरोप लगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ