arrow

डुङ्गा दुर्घटनामा ३० को मृत्यु

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १० सोमबार
uganda-boat.png

काठमाडौं । युगाण्डामा दुङ्गा दुर्घटनामा परी ३० को ज्यान गएको छ । राजधानी सहर काम्पालानजिकै उक्त डुङ्गा दुर्घटना भएको हो । 

शनिबार रातको ७ बजेको समयमा यो घटना भएको बताइएको छ । युगाण्डाका एक वरिष्ठ प्रहरी अधिकारीले दिएको जानकारीअनुसार २७ जना मानिसहरुलाई भने उद्धार गरिएको छ । उक्त डुङ्गामा ९० जना यात्रुहरु रहेको बताइएको छ । मृतकको संख्या बढ्नसक्ने अधिकरीहरुले बताएका छन् । 

डुङ्गा खराब अवस्थामा रहेको र लामो समयदेखि सञ्चालनमा नआएको बताइएको छ । साथै डुङ्गा सञ्चालनको लागि कानुनी अनुमति पनि नपाएको अधिकारीहरुले बताएका छन् ।
 
सो डुङ्गा भिक्टोरिया तालमा दुर्घटना भएको हो । प्रहरीले अझै पनि खोजी कार्य जारी रहेको बताएको छ । प्रहरी घटनास्थलमा पुग्न लामो समय लगाएको कारण पनि उद्धारकार्य प्रभावित भएको बताइएको छ । 

डुङ्गामा चढ्नुभन्दा पहिला पर्याप्त संख्यामा लाइफज्याकेट रहेको भए पनि मानिसहरुले त्यसलाई वेवास्ता गरेको कारण धेरै मानिसहरुको ज्यान गएको बताइएको छ । 

यो क्षेत्रको डुङ्गा सयर युवाहरुमा निकै लोकप्रिय रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ