arrow

मोदीलाई जवाफ : राहुल गान्धीले सार्वजनिक गरे आफ्नो जात र गोत्र

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
rahul_gandhi1.jpg

काठमाडौं । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले अजमेयरको एक मन्दिरमा गएर आफ्नो जात र गोत्र बताएका छन् । सोमबार पाँच राज्यमा विधान सभा चुनाव प्रचारको लागि आस्तिक बनेर मन्दिर दर्शनमा लागेका अध्यक्ष गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको जिज्ञासा पूरा गर्नको लागि आफ्नो जात र गोत्र बताएका छन् । मोदीले आईतबार मात्रै काँग्रेस अध्यक्ष राहुल गान्धीको जात र गोत्र दुबै नरहेको बताएका थिए । 

उनको यो राजनीतिक भ्रमणमा सबैभन्दा चर्चा जाती र गोत्रको चलिरहेको छ । राहुल गान्धी सोमबार राजस्थानको भ्रमणमा छन् । यो भ्रमणको क्रममा उनले सबैभन्दा पहिले अजमेर गएर ख्वाजा मोइनुद्दीन चिश्तीको दरगाहमा फूल माला चढाएका थिए । कुनै समय नास्तिक भन्दै मन्दिर र हिन्दू धर्मको विरोध गर्दै हिँडेका उनी अहिले चुनावको लागि आस्तिक बनिरहेका छन् । उनले पुष्करमा जगतपिता ब्रह्मा जीको मन्दिरमा गएका थिए । यही मन्दिरमा गएर उनले आफ्नो गोत्र बताएका छन् ।

दत्तात्रेय ब्राह्मण हुन् राहुल गान्धी 
पुष्करमा दर्शन गरेर फर्किने क्रममा त्यहाँका पुजारीले काँग्रेस अध्यक्षसँग उनको गोत्र सोधेका थिए । उनले तुरुन्त कौल ९कश्मीरी० ब्राह्मण भएको बताएका थिए। दत्तात्रेय उनले आफ्नो गोत्र बताएका थिए । यसपछि पुजारीले मन्दिरमा पूजा सम्पन्न गराएका थिए। 

यस अघि पनि मध्यप्रदेशको चुनावमा पनि आफूलाई हिन्दूवादी देखाउनको लागि गान्धीले धेरै प्रयास गरेका थिए । उनले कतै आफूलाई राम भक्त त कतै आफूलाई शिवभक्त देखाउँदै हिँडेका गान्धीले अजमेयरमा गएर आफ्नो जात र गोत्र सार्वजनिक गरेका हुन् । 

यस अघि १५ वर्षसम्म मध्य प्रदेशको सत्तामा जान नसकेको भारतीय कांग्रेसले सत्तामा जानको लागि अनेक अनेक प्रयास गरिरहेको थियो । तर, पनि अहिले सम्म काँग्रेसको जोर चलिरहेको छैन । यस्तो अवस्थामा काँग्रेसले फेरि पनि एक पटक नयाँ योजना मार्फत् सत्तामा जाने प्रयास गर्न लागेको छ । 

२००३ मा हिन्दूत्वको विरोध गरेकै कारण पत्तासाफ भएको काँग्रेस अब २०१८ मा हुने चुनावमा भने हिन्दूत्वको रथमा सवार भएर चुनावमा जाने भएको छ । १५ वर्ष पहिले दिग्विजय सिंहको नेतृत्वमा काँग्रेसले हिन्दूत्वको कडा शब्दमा विरोध गरेको थियो । तर, अहिले परिस्थिती बदलिएको भन्दै हिन्दूत्वको मुद्दाबाट चुनाव लड्ने नीति लिएको छ । उनीहरु अहिले पार्टीका अध्यक्ष राहुल गान्धीलाई 'शिवभक्त,' 'राम भक्त' तथा 'नर्मदा भक्त'को रुपमा खडा गर्न सुरु गरिसकेका छन् । 

के भनेका थिए दिग्विजय सिंहले ?
२००३ मा तत्कालीन मुख्यमन्त्री मुख्यमन्त्री दिग्विजय सिंहले 'पोङ्गा पण्डित' जस्तो तुच्छ शब्द प्रयोग गरी हिन्दूहरुलाई गाली गरेका थिए । त्यतिबेला धार्मिक मुद्दा उठाएर गएको विजेपीको विरोधको लागि दिएको अविव्यक्तिले झण्डै १५ वर्षसम्म विजेपी मध्यप्रदेशको सत्ताबाट बाहिरिन पुग्यो । सोही साल बीजेपीद्वारा उमा भारतीले आफ्नो मुख्यमन्त्री उम्मेदवारी घोषणा गरेकी थिइन् । 

१५ सालको वनवास पछि फेरि हिन्दूत्वको मुद्दा 
लगातार तीन चुनावमा मध्य प्रदेशमा हार खाएपछि यो पटक काँग्रेसले पनि आफ्नो मुद्दा हिन्दू धर्ममा नै केन्द्रित गरेको छ । राहुल गान्धीको कैलास मानसरोवर यात्रा पछि उनले 'शिवभक्त' आफूलाई शिवभक्तको रुपमा दाबी गरिरहेका छन् । यसको अलावा चित्रकूट यात्रापछि उनी रामभक्त पनि बनेका छन् भने उनले जवलपुरमा नर्मदाको भक्तको रुपमा पनि आम भारतीयलाई देखाउने प्रयास गरेका छन् । काँग्रेसको यस्तो राजनीतिहरुलाई भारतीय सञ्चारमाध्यमहरुले ''ट्याम्पल रन'' राजनीति भनेका छन् । 

राहुल 'शिव भक्त' !
मध्य प्रदेशमा कांग्रेसको लडाई जित्न एकदमै कठिन बनिरहेको छ । यस्तो अवस्थामा पार्टीले भने यस्तो बाटो चुनेको छ । अहिले काँग्रेस पनि गाईको संरक्षणको मुद्दा लिएर अघि बढेको छ भने हरेक पञ्चायतमा एउटा गौशाला बनाउने योजना समेत बाँड्न थालेको छ । अहिले मध्यप्रदेशमा टाँसिएका पोस्टरहरुमा जवाहरलाल नेहरुले जसरी उनले आफूलाई पण्डित भन्दै हिँडेका छन् । चित्रकूटमा राहुल गान्धीको यात्रा कामतानाथ मन्दिरमा पूजापछि देखि सुरु भएको थियो । उनी अहिले भन्न थालेका छन् कि भगवान रामले १४ सालको वनवासको अवधिको ११ साल यही गुजारेका थिए । हरिशंकर शुक्लाको नेतृत्वमा कांग्रेसको एक प्रतिनिधिमण्डल पनि चित्रकूटबाट अमरकंटकको रुट परिक्रमा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ