arrow

विद्युतीय धरापमा परि कम्तीमा २२ अफगानी प्रहरीको मृत्यु

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
afgansitan.jpg.jpeg

हेरात, अफगानिस्तान । पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा कम्तीमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ ।

फराह प्रान्तमा आइतबार प्रहरी चढेको सवारीसाधनमा आक्रमण हुँदा कम्तीमा दुईजना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालका निर्देशक शिर अहमद वेदाले बताए।

तालिबानले दुवै आक्रमणको जिम्मेवारी लिएको छ । तालिबानले २५ जना प्रहरी मारिएको र चारजना घाइते भएको दाबी गरेको छ ।

तालिबानका प्रवक्ता क्वारी युसुफ अहमादीले चारवटा सवारीसाधन ध्वस्त भएको र ठूलो परिमाणमा हातहतियार जफत गरिएको बताए।

हालैका महिनाहरुमा तालिबानले सरकारी फौजमाथि आक्रमण तिब्र बनाएका छन् । तालिबानसँग शान्तिवार्ता गर्ने प्रयत्न भइरहे पनि आक्रमणका सिलसिला रोकिएका छैनन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ