arrow

चिनियाँ प्रधानमन्त्री र बेलायती पूर्व प्रधानमन्त्रीबीच भेटवार्ता

logo
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
camron.jpg

बेइजिङ । चीनका प्रधानमन्त्री ली खस्याङ र बेलायतका पूर्व प्रधानमन्त्री ड्याभिड क्यामरुनबीच मङ्गलबार भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री लीले चीन बेलायतसँगको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन र दुबै देश र त्यहाँका जनताको हितका लागि आगामी दिनमा थप सहकार्य गरेर अघि बढ्न चाहेको बताएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

बेइजिङको जोङनानहाई परिसरमा भएको भेटमा चिनियाँ प्रधानमन्त्री लीले क्यामरून बेलायती प्रधानमन्त्री रहँदा चीन–बेलायतबीचको सम्बन्ध बिस्तारमा उल्लेखनीय योगदान गरेको भनी बेलायती पूर्व प्रधानमन्त्री क्यामरूनको प्रसंशा गरे ।

चीनले बेलायतसँगको सम्बन्धलाई उच्च महत्व दिएको लीको भनाइ थियो । चीनले बेइजिङ–लण्डनबीचको राजनीतिक सम्बन्धलाई मजबुत पार्दै आर्थिक, व्यवसायिक तथा वित्त क्षेत्रमा सहकार्य गर्दै लगानीको सम्भावित सम्भावनालाई गहिरो बनाउने र दुबै देश र जनताको बराबर लाभका लागि काम गर्न इच्छुक रहेको पनि बताए ।

बेलायत र यूरोपेली संघ (इयू)बीच हालै भएको सहमतिलाई विश्वले महत्वपूर्ण रूपमा ध्यान दिएको बताउँदै बेलायत र इयू दुबै चीनका महत्वपूर्ण साझेदार रहेकोले दुबै पक्षको शान्ति, स्थायित्व र समृद्धिमा खुशी रहने लीको स्पस्टोक्ति थियो ।

बेइजिङले चीन–बेलायत तथा चीन–इयूबीच बहुपक्षीय सम्बन्ध, स्वतन्त्र ब्यापार, परस्पर लाभदायी सहकार्यका गर्ने बताए ।

यसैबीच भेटका समय बेलायती पूर्व प्रधानमन्त्री क्यामरूनले आफ्नो कार्यकालमा बेइजिङ र लण्डनको पहलमा सम्बन्धको सुनौलो युगमा प्रवेश गराउन सफल भएको बताएको चिनियाँ अधिकारीले बताए ।

 परिस्कृत द्विपक्षीय सहकार्य र दुइपक्षीय लगानी र व्यापारले दुबै मुलुकको आर्थिक वृद्धि भएको क्यामरूनले स्वीकार गरे। उनले बहुपक्षीय सम्बन्ध र स्वतन्त्र व्यापारमा बेलायतले दृढ सहयोग रहने बताए। सिन्ह्वा
---

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ