arrow

चर्किँदै युक्रेन–रुस द्वन्द्व, पुटिनसँग भेट रद्द गर्ने ट्रम्पको संकेत

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १२ बुधबार
ukrine-russia.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेट रद्द हुनसक्ने बताएका छन् । युक्रेनसँगको अहिले देखिएको रुसको तनावको कारण ट्रम्पले भेट रद्द हुनसक्ने बताएका हुन् ।

ट्रम्पले आफू अहिले रुसकोे युक्रेन मामिलामा पछिल्लो समय देखिएको तनावमा पूर्ण प्रतिवेदनको पर्खाइमा रहेको बताएका छन् । आइतबार युक्रेनका तीन पानीजहाजलाई रुसले कब्जा गरेसँगै युक्रेन मामिला पुनः चर्किएको हो । 

ट्रम्पले अर्जेन्टिनाको ब्युनस आयर्समा जी२० का मुलुकहरुको सम्मेलन हुन गइरहेको अवस्थामा यस्तो बताएका हुन् । 

ट्रम्पले के भने ? 

अमेरिकी राष्ट्रपति ट्रम्पले रुसमाथिको दबाब बढाउन युरोपका मुलुकहरुलाई थप कदम चाल्नकोे लागि आग्रह गरेक छन् । उनले रुसको व्यवहार सही नरहेको बताएका छन् । उनले पुटिनसँग जी२० सम्मेलनमा आफ्नो वार्ता हुन पनि सक्ने र नहुन पनि सक्ने बताएका छन् । 

साथै उनले रुसको आक्रोश पनि सहन गर्न सकिने किसिमको नरहेको बताए । 

रुस के भन्छ ? 

रुसी राष्ट्रपति पुटिनले भने युक्रेनका नेताहरुको २०१९ को निर्वाचनमा जित हासिल गर्ने दाउको रुपमा यो मुद्दा उठाइएको बताएका छन् । उनले बुधवार युक्रेनी नेताहरु अहिले यो विषयलाई थप चर्काउँदै लोकप्रियता हासिल गर्ने दाउमा रहेको आरोप लगाएका हुन् । उनले युक्रेनी जहाजहरु रुसको जलमा आएको कारण नियन्त्रणमा लिइएको र कुनै पनि अवैध काम रुसले नगरेको भन्दै आफ्नो बचाउ गरेका छन् । 

युक्रेनको के भन्छ ? 

युक्रेनले आइतबारको घटनापछि आपतकालीन बैठक बोलाएर मार्सल कानुन लगाएको छ । यो कानुन ३० दिनसम्मका लागि लगाइएको छ । अधिकारीहरुले रुससँग कुनै पनि समयमा युद्ध हुनसक्ने खतरा रहेको बताएका छन् । युक्रेनले रुसले आक्रामण गरी उक्त जहाजहरु नियन्त्रणमा लिएको बताउँदै आएको छ । साथै त्यसका लागि रुसले हतियारको प्रयोग गरेको युक्रेनको आरोप छ । युक्रेनका राष्ट्रपतिले रुसको लागि यो कार्य निकै महँगो पर्नसक्ने चेतावनी दिएका छन् । 

अन्य मुलुकहरुको प्रतिक्रिया कस्तो छ ? 

अमेरिकी राष्ट्रपति ट्रम्पका साथै विदेशमन्त्री माइक पोम्पेओले पनि युक्रेनी जहाज नियन्त्रणमा लिएकोमा रुसको आलोचना गरेका छन् । अमेरिकाले यो अन्तर्राष्ट्रिय नियमको उलंघन रहेको बताएको छ । 

बेलायतले रुसको कार्यको भत्र्सना गर्दै युक्रेनको सार्वभौमसत्ताको हनन भएको बताएको छ । यस विषयमा रुसी राष्ट्रपति पुटिन र मर्केलको बीचमा पनि कुरा भएको थियो । मर्केलले यो समस्या दुवै पक्षको संयमता र वार्ताको माध्यमबाट सुल्झाउनु पर्ने सुझाव दिएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ