arrow

निद्रालाई जितेर सफलता हासिल गरेका विश्वका चर्चित व्यक्तिहरु

logo
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
top-leader.jpg

काठमाडौं । निद्रा यस्तो चिज हो, यसको अगाडि मानिसको केही पनि लाग्दैन । कुनै दिन कम सुतेको समयमा मनिसहरु आफ्नो काममा राम्रोसँग ध्यान दिन सक्दैनन् । साथै विभिन्न शास्त्रहरुमा पनि निद्रालाई परमसुख मानिएको छ । निश्चित समयको निद्रा मानिसको स्वास्थ्यलाई निकै आवश्यक हुन्छ । यस्तोमा केही यस्ता व्यक्तिहरु छन्, जसले निद्रामाथि विजय पाएका छन् ।
जसमध्ये केही यस्ता छन् –

१. टिम कुक
एप्पलका सीईओ टिम कुक बिहान पौने ४ बजे उठ्छन् । यदि उनलाई सुत्दासुत्दै रातको २–३ बजेको खण्डमा पनि उनी साढे ४ सम्ममा उठिसक्छन् ।

२. ज्याक डोर्से
ज्याक डोर्से ट्वीटर र स्क्वायर दुई व्यापारिक क्षेत्रलाई व्यवस्थापन गर्ने गर्छन् । दुवैलाई उनले प्रतिदिन ८–१० घण्टाको समय दिने गर्छन् । यसबाट उनी कति समय सुत्लान्, सहजै अनुमान गर्न सकिन्छ ।

३. बब आइगर
बब पनि बिहान साढे ४ बजे नै उठ्ने गर्छन् । दिनको सुरुवात एक्ससाइज, संगीत, इमेल चेक गर्ने लगायतका कामहरु गर्ने गर्छन् । त्यसपछि उनी केही समयमा टीभी हेर्छन् र समाचारहरु पढेर कार्यालय जाने गर्छन् ।

४. जर्ज डब्ल्यू बुस
अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुस पनि बिहान छिटै उठ्ने गर्थे । उनी बिहान पौनो ७ बजेसम्म आफ्नो कार्यालयमा पुगिसकेका हुन्थे ।

५. शाहरुख खान
शाहरुख खान किताब पढ्न धेरै नै रुचाउँछन् । उनी पनि एक दिनमा मुस्किलले ३ घण्टा सुत्ने गर्छन् ।

६. नरेन्द्र मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि एक दिनमा निकै कम मात्र सुत्ने गर्छन् । उनी एक दिनमा ३–४ घण्टामात्र सुत्ने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ