११ वर्षीया बालिका करणीको आरोपमा कार्कीलाई आठ वर्ष कैद फैसला
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
927
Shares
गुल्मी। ११ वर्षीया बालिका बलात्कार गरेको कसुरमा गुल्मी जिल्ला इश्मा गाउँपालिका २ का प्रेमबहादर कार्कीलाई जिल्ला अदालत गुल्मीले आठ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले पीडकलाई कैद र पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।
पीडित महिलालाई कार्कीले गत असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो। यस्तै मदाने गाउँपालिका ६ पुर्कोट दह पनाहाका ३२ वर्षीय दुर्गाबहादुर नेपालीलाई पुर्पक्षका लागि जेल चलान गरिएको बस्यालले बताए ।
नेपालीले कात्तिक १५ गते ३१ वर्षीय आफ्नै श्रीमती सीता नेपालीलाई ज्यान मारेको अभियोगमा पूर्पक्षका लागि जेल चलान गरिएको जिल्ला अदालत गुल्मीले जनाएको छ ।