arrow

इमरान खानले बनाए सेन्चुरी

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
imran-khan-PM.jpg

इस्लामावाद । पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान सरकारको नेतृत्वमा पनि सफल देखिएका छन् । उनले सरकार नेतृत्वमा सय दिन पूरा गरी सेन्चुरी बनाएका छन् । इमरानकै नेतृत्वमा पाकिस्तानले सन् १९९२ को विश्वकप क्रिकेट जितेको थियो । 

खानले आफ्नो सय दिने कामको विवरण बिहीबार सार्वजनिक गर्दै यो अवधिमा देशका विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक बृद्धि गर्ने संकेतहरु देखिएको खान सरकारको दावी छ । 

प्रगति प्रतिवेदन सार्वजनिक गर्न जिन्नाह कन्भेन्सन सेन्टर इस्लामावादमा विषेश कार्यक्रमको आयोजना गरिएको थियो भने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सरकारी अधिकारीहरु र विभिन्न क्षेत्रका व्यक्तिहरुको ठूलो उपस्थिति रहेको थियो । 

प्रधानमन्त्रीका सल्लाहकार मोहम्मद शेहजाद अर्बाबले सरकारले गर्ने भनेको ३४ कामहरु मध्ये १८ काम सम्पन्न गरेको जानकारी दिए ।

उनले सरकारको काम प्रगतिपूर्ण नै रहेको दावी गर्दै अरु १६ काम पनि सन्तोषजनक तरिकाले अगाडी बढेको बताए ।

यो अवधिमा सरकारले मुख्य गरेर सुशासन, आर्थिक वृद्धिका लागि सफल कार्यक्रम, संघीय प्रदेशको सशक्तिकरण, कृषि क्षेत्रको उथ्थान र पानीको स्रोतको सम्बद्र्धन, सामाजिक सेवामा परिवर्तन, तथा राष्ट्रिय सुरक्षागरी छ ओटा क्षेत्रमा दह्रो आधार तयार गरेको सल्लाहकार अर्बाबले जानकारी दिए ।

गत अगस्त १८ मा प्रधानमन्त्रीका रुपमा इमरान खान निर्वाचित भएका हुन् । उनले त्यति बेला नै सय दिने योजना र कार्यक्रमहरु सार्वजनिक गरेका थिए । उनी आगामी पाँच बर्षका लागि प्रधानमन्त्री बनेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ