arrow

अफगानिस्तानको विष्फोटमा १० जनाको मृत्यु, ११ नेपाली घाइते 

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
afgan-attack.jpg

एजेन्सी। अफगानिस्तानको राजधानी काबुल बाहिरको बेलायती सेक्यूरिटी कम्पनी जी फोर एसको कार्यालयमा गएराति अबेर भएको विष्फोट सहितको आक्रमणमा कम्तिमा १० जना मारिएका छन्। विद्रोहीहरु जीफोरएसको कार्यालयमै पसेर गरेको आक्रमणमा नेपाली सहित २७ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जना नेपाली पनि रहेको, बेलायती दैनिक पत्रिका दि टेलिग्रापको अनलाइन संस्करणले खबर दिएको छ। जीफोरएसका प्रवक्ताले, काबुलबाट करीब १ घण्टाको दुरीमा पर्ने कम्पनीको कार्यालयमा आक्रमण भएको जानकारी दिएका छन्।

अफगानी गृहमन्त्रालयका प्रवक्ता नजिब दनिशले, काबुलबाट पूर्वपट्टि पर्ने ब्रिटिश सुरक्षा कम्पनी जीफोरएसको कार्यालयमा विष्फोट भएको पुष्टि गरेका छन्। जीफोरएस कम्पनीले अफगानिस्तानस्थित बेलायती दुताबास सहित विभिन्न कम्पनी र संघसंस्थालाई सुरक्षा दिँदै आएको छ। जीफोरएस कम्पनीको कार्यालयमा शुरुमै बम पड्काएपछि आक्रमणकारीले गोली चलाएका थिए। विद्रोहीको आक्रमणपछि घण्टौं लडाईं चलेको र ४ जना बन्दुधकारी आक्रमणकारी मारिएको दि वासिङ्टन पोष्टले जनाएको छ।

अफगानी राष्ट्रपति असरफ गनीले, तालिबानसँग शान्तिवार्ताका लागि सरकारी टोलीको घोषणा गरेको केही घण्टाभित्रै यो आक्रमण भएको हो। आक्रमणको जिम्मा तालिबान समूहले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ