घर्तिको हत्यामा संलग्नलाई पहिचान गरी कडा कारवाही गर्न माग
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
443
Shares
दाङ। दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही उप महानगरपालिका वडा नं १४ स्र्थिीत माडी हार्डवयरका सञ्चालक नन्दवहादुर घर्तिको हत्यामा संलग्नलाई पहिचान गरी कारवाहीको माग गरेको छ ।
संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले शुक्रवार विज्ञप्ती जारी गरी यस्तो माग गरेका हुन । विज्ञप्तीमा घटनाको निपक्ष रुपमा छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरीएको हो । व्यवसायिहरुलाई ढुक्क भएर व्यवासाय गर्ने वातावरण मिलाउन समेत आग्रह गरीएको छ ।
दिन दहाडै हुने यस प्रकारका घटनाले व्यवसायिहरु असुरक्षीत भएको समेत विज्ञप्तीमा उल्लेख गरीएको छ । हत्याको संघको शुक्रवार वसेको वैठकले शोक प्रस्ताव समेत पारीत गरेको छ । भने विरोधमा शुक्रवार सम्पुर्ण व्यवसाय वन्द गर्न समेत अनुरोध गरेको थियो । संघले वन्द गर्न आवहान गरेपछि यस क्षेत्रका व्यसायहरु वन्द भएका थिए ।