arrow

मोदी र राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

logo
एएनआई,
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
modi-un-gs.jpg

ब्युनस आयर्स, अर्जेन्टिना। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसबीच औद्योगिक राष्ट्रको समूह जी–२० को बैठकमा भेटवार्ता भएको छ।

स्थानीय समयानुसार बिहीबार शुरु भएको सम्मेलनको क्रममा यी दुई नेताबीच भएको भेटवार्तामा विश्वव्यापी जलवायु परिवर्तनमा भारतको भूमिकाको विषयमा छलफल भएको बताइएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले ट्वीट गर्दै मोदी र गुटेर्रेसबीच भएको भेटवार्तामा जलवायु परिवर्तनको विषयमा भारतले खेल्नु पर्ने सशक्त भूमिका र सम्बोधनको विषयमा छलफल भएको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जी२० को बैठकमा भाग लिने क्रममा अर्जेन्टिना आइपुग्नु भएको हो। संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसले मोदीलाई दुई महिनाको अवधिमा भेटेको यो दोस्रो पटक हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ