पुनर्वासमा सामुहिक बलात्कारको घटना सेलाउन नपाउँदै १० बर्षिय बालिका बलात्कृत
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
479
Shares
पुनर्वास। कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित पुनर्वास नगरपालिकामा एक साता अघि मानसिक सन्तुलन गुमाएकी किशोरी माथी सामुहिक बलात्कार भएको घटना सेलाउन नपाउदै फेरि एक वृद्धद्वारा १० वर्षिय बालिका बलात्कारको सिकार बन्न पुगेकी छिन।
यसरी कञचनपुरमा दैनिक जसो बढ्दै आएका बलात्कारका घटनाले सामाजिक सुरक्षामा कडा चुनौती थपिदिएको छ ।
यतिबेला पुनर्वासमा एक साता अघि मात्रै भएको सामुहिक बलात्कारको घट्ना सेलाउन नपाउदै फेरी नाबालिका माथि बलात्कार भएको घटना बहिरिए पछि महिला, किशोरी र बालिकाको सुरक्षामा चुनौती थपिएको हो।
एक साता अघि पुनर्वास नगरपालिका वडा नं १० सुकुम्बासी टोलकी अन्दाजी १६ बर्षिय एक मानसिक विरामी बालिका माथि सामुहिक बलात्कार भएको थियो। उक्त घटना सेलाउन नपाउँदै सोही ठाउँमा पुन १० बर्षिया बालिका ६९ बर्षिय बृद्धद्वारा बलात्कृत भएकी हुन्।
पुनर्वास नगरपालिका वडा नं १० बस्ने बर्ष ६९ का ओमनाथ पौडेलले खानेकुराको प्रलोभन देखाएर ललाईफकाई गरी स्थानीय १० बर्षिय बालिका बलात्कार गरेको घटना बाहिरिएको हो।
बलात्कारको अभियोगमा उक्त ६९ बर्षिय बृद्धलाई स्थानियहरुको सहयोगमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरेको छ।
बलात्कारमा संलग्नलाई गिरफ्तार गरी सकेको र निजलाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक कर्ण बहादुर बमले जानकारी दिए।
यसरी एक पछि अर्को घट्ना घट्दा स्थानियहरु यतिखेर आफुहरु असुरक्षित भएको महसुस गर्न थालेका छन् ।
दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने तथा मानसिक सन्तुलन गुमाएकी बहिनीमाथी भएको सामुहिक बलात्कारको पनि प्रसासनले खोजी गरि दोषीमाथी कडा भन्दा कडा कार्बाही गरेर पिडितलाई न्याय दिलाउनु पर्ने स्थानिय रमेश गौतम बताउछन्।
यसरी अपराधीक गतिविधि बढेकोमा सुरक्षा प्रशासनको फितलो सक्रियता रहेको जनगुनासो आइरहँदा आफुहरु भने अपराधी गतिविधि नियन्त्रण र निर्मुल पार्न रात दिन खटिरहेको र बिगत भन्दा अहिले पुनर्वासको सुरक्षा ब्यवस्था सुदृढ भएको प्रहरी निरीक्षक कर्ण बहादुर बमको दाबी छ।
बिभिन्न सुरक्षाका माध्यमहरु प्रयोग गरी तीब्र रुपमा अपराधिको खोजी गरिरहेकोले सामुहिक बलात्कारका अपराधीहरु पनि चाडै कानुनी कठघरामा उभ्याई कडा भन्दा कडा कारबाई गरि राज्यमा कानुन छ भन्ने अनुभुति सम्पुर्ण नगरवासीलाई दिलाउन आफनो टिम सफल हुने उनले जिकिर गरे।