arrow

रुस, चीन र भारत त्रिपक्षीय सम्बन्ध विस्तारमा सहमत

logo
सिन्ह्वा,
प्रकाशित २०७५ मंसिर १५ शनिबार
modi-putin-xi.png

बुनस एयर। चीन, रुस र भारतका नेता तीन देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रको विस्तारका लागि सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको बताइएको छ।

विश्वमा शान्ति, विकास र स्थायित्वका लागि तीन देशले आपसमा समझदारी र समन्वयका साथ अघि बढ्नुका साथै यी देशको द्धिपक्षीय तथा बहुपक्षीय सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने धारणा उनीहरुको छ। शुक्रबार बुनस एयरमा भएको त्रिपक्षीय तथा संयुक्त भेटका क्रममा सो सहमति भएको प्राप्त समाचारमा जनाइएको छ। उनीहरुबीच शुक्रबार साँझ अनौपचारिक भेट र वार्ता भएको हो।

सो भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले चीन, रुस र भारत एक आपसका महत्वपूर्ण तथा रणनैतिक साझेदार राष्ट्र भएकोले पनि एक आपसमा मिलेर सहयोग र समन्वयका कार्यक्रम बनाउनुपर्ने धारणा राखे। राष्ट्रपति सिले तीन देशको साझा चासो र एकै खाले विकास लक्ष्यका साथ अघि बढ्न सकेमा क्षेत्रीयरुपमा मात्र नभएर विश्वकै विकास र स्थायित्वमा पनि ठूलो सघाउ पुग्ने बताए।

गएका दश वर्षमा तीन वटै देशले सक्रिय, द्धिपक्षीय तथा त्रिपक्षीयरुपमा वार्ता गर्दै आएको, निकै खुलारुपमा भएका ती वार्ता तीन देशबीच खुलापनको प्रवर्धन, आपसी एकताकासाथै समझदारी निर्माण र आपसी विश्वासमा आधारित आयोजनाको निर्माण गर्न सघाउ पुगेको उनले बताए।

अहिले क्षेत्रीय, विश्वव्यापिरुपमा पनि एक किसिमले भन्ने हो भने विभिन्न खालका र नयाँ नयाँ चुनौतीको विकास भइरहेकोले यस्ता समस्या समाधान सामूहिकरुपमा खोज्नका लागि पनि त्रिपक्षीय वार्तालाई अघि बढाउन आवश्यक रहेको पनि राष्ट्रपति सिले बताए।

उनले तीन देशले आगामी दिनका लागि नयाँ खालको सम्बन्ध विस्तार गरी आपसी राजनीतिक विश्वासका साथ अघि बढ्न सके यस क्षेत्रमा र विश्वमा समेत देखिएका यस्ता नयाँ नयाँ समस्याको समाधानका लागि सहयोग पुग्ने धारणा सो त्रिपक्षीय भेटका अवसरमा राखेको बताए।

राष्टपति सिले समूह २०, जी–२० का साथै ब्रिक्स र साङघाई कोअपरेसन अर्गनाइजेसनसमेत गरी तीन देशले एक अन्तरराष्ट्रिय त्रिपक्षीय साझा संयन्त्रको विकास गरी अघि बढ्नुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ