arrow

क्रिकेटर सचिन तेन्दुल्कर 'भाजपाका समर्थक' बनेका हुन् ?

हजको फोटोमा 'कुम्भ मेलाको तयारी' 

logo
प्रकाशित २०७५ मंसिर १५ शनिबार
sachin_copy.jpg

काठमाडौं । गेरु बस्त्रको कपडामा भेटिएका सचिन तेन्दुल्करको एक तस्वीर भारतीय जनता पार्टीको गैर आधिकारिक पोस्टरमा छापिएपछि एकाएक भारतमा तेन्दुलकरको चर्चा चुलियो । एकातिर काँग्रेसकोे सांसद् बनिसकेका चर्चित क्रिकेटर खेलाडी तेन्दुल्कर यदि भारतीय जनता पार्टीको प्रचारमा लागे भने २०१९ मा हुने चुनावमा भाजपाको लागि निकै फाईदा हुने विश्लेषण समेत गरियो । तर, त्यो अन्तिममा झुट सावित भएको छ ।   

यसरी तेन्दुल्करको फोटो सहितको पोस्टरलाई भारतीय जनतापार्टीका कार्यकर्ताहरुले फेसबुकमा धेरै प्रचार गरिसकेका छन् । केही ठाउँमा त यस्तो चर्चा हुन थालिसक्यो कि सचिन तेन्दुल्करले भारतीय जनता पार्टीको समर्थन गरिसकेका छन् अब उनी चुनावमा भोट माग्नै हिँड्छन् ।  

उनको त्यो फोटोमा दुईवटा कमलको फुल पनि छ । जसमा सपोर्ट नमो लेखिएको छ । कमलको निशान भाजपाको चिह्न हो त्यस्तै गेरु बस्त्रले भारतीय जनतालाई चिनाउने गरेको छ । कांग्रेस पार्टीले २०१२ सालमा सचिन तेन्दुलकरलाई मनोनित राज्यसभा सांसद बनाएको थियो । अहिले संसद्मा एकदमै कम उपस्थितीका कारण अहिले उनी आलोचित छन् । 

जुन तस्वीर अहिले भाइरल भईरहेको छ । यो तस्वीर २४ अप्रिल २०१५को हो । यो सचिनको ४२ औं जन्मदिनमा यो तस्वीर दिचेका थिए । सचिनले आफ्नो जन्मदिनमा पूरै परिवारको साथ मुम्बई स्थित श्री सिद्धिविनायक गणपति मन्दिरमा गएका थिए । त्यो समय उनले गेरु र‌ंगको कुर्था लगाएका थिए । सिद्धिविनायक मन्दिरको आधिकारिक वेबसाइटमा मन्दिरका ट्रस्टी महेश मुदलियर तथा मंगेश शिंदेका साथ सचिन तेन्दुलकरको अन्य तस्वीरको साथ यस फोटोलार्इ पनि पोष्ट गरेका थिए । 

यो भारतमा फेक आईडीबाट हुने भ्रमको एउटा शिकार हो । तस्वीरको गलत प्रयोग गरेर धेरैलाई भ्रममा राख्ने जमात अहिले भारतीय राजनीतिमा धेरै भईसकेका छन् । यही गलत हल्लाको उदाहरण तल प्रस्तुत गरिएको छ । 

हजको फोटोमा 'कुम्भ मेलाको तयारी' 

तस्वीरको गलत प्रयोग भारतमा तेन्दुलकरको मात्रै होईन हजको फोटो देखाएर कुम्भ मेलाको तयारी भनेर पनि भनियो । भारतीय दक्षिणपन्थीहरुले हजको तस्वीर देखाएर यो योगी सरकारले इलाहबादमा आयोजना गरेको कुम्भमेलाको तस्वीर भनेर देखाईएको छ । तर, त्यो कुम्भमेला नभई साउदी अरबको हजको तस्वीर हो । यो सबै झूट भन्ने थाहा भएपछि यस विषयमा त साउदी अरबको एउटा पत्रिकाले त यसको समाचार नै बनाएर छापिदिएको थियो । 

'रामायण एक्सप्रेस'को कहानी ?

भारतीय रेलको एक तस्वीरलाई फोटोसपबाट विगारेर फेसबुकमा रामायण एक्सप्रेस नाम दिएर भाईरल बनाईएको छ । भारतीय रेल मन्त्रालयले यसै सालको नोभेम्बरमा रामायण एक्सप्रेसको सुरुवात गरेको छ । ये ट्रेन अयोध्याबाट रामेश्वरमसम्म कै‌यौं तीर्थस्थलको दर्शनका लागि शुरू गरिएको हो । 

तर यसलाई फेसबुकको क्याप्सनमा पहिलो उपलब्धी मानेर यसरी लेखिएको छ । हाम्रो भारतमा पहिलो पटक रामायण एक्सप्रेसको सुरुवात गरिएको छ । तर, अहिलेसम्म निजामुद्दिन एक्सप्रेस समेत चलिरहेको देखिएको छ । यो लेखिएको रेल र त्यो तस्वीर हेर्दैै जाँदा त्यो त न्युजिल्याण्डको रेलको फोटोमा रामायण एक्सप्रेस लेखेर त्यस्तो गरिएको पत्ता लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ