arrow

दोस्रो विश्वयुद्धमा विमान खसालिएपछि पनि बाँचेका बुशको संघर्षपूर्ण कथा

logo
प्रकाशित २०७५ मंसिर १५ शनिबार
george-h-w-bush.jpg

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्ल्यू बुसको निधन भएको छ । अमेरिकाको ४१ औं राष्ट्रपति बुशको पूरा नाम जर्ज हर्बट वाकर बुश हो । उनको जीवनका केही महत्वपूर्ण चरणहरु यहाँ उल्लेख गरिएको छ । 

जन्म : 
बुशको जन्म सन् १९२४ जुन १२ मा भएको थियो । उनी अमेरिकी सेनेटरका छोरा थिए । 

प्यासिफिकको युद्धमा सहभागी 
सन् १९४२ मा बुश १८ वर्षको उमेरमा जलसेनामा आबद्ध भएका थिए । यो दोस्रो विश्वयुद्धको कुरा हो । साथै उनी सेनाको विमानको पाइलट पनि बनेका थिए । सन् १९४४ मा उनको विमानलाई जापानी सेनाले गोलीले हानेर खसालेका थिए । उनलाई भने समुद्रबाट उद्धार गरिएको थियो । 

विवाह 
सन् १९४५ को जनवरी महिनामा उनको बारबारा पायर्ससँग विवाह भएको थियो । बुशले उनलाई नाचिरहेको अवस्थामा भेटेका थिए । उनीहरुको छ छोराछोरीहरु छन् भने यो जोडी राष्ट्रपतीय इतिहासमा सबैभन्दा लामो समय सँगै बिताउने जोडी हो । बारबारा बुशको ८ महिनाअघि निधन भएको थियो । 

व्यावसायिक सफलता 
सन् १९५१ मा उनले टेक्ससमा तेलको व्यावसाय सुरु गरेका थिए । दुई वर्षपछि उक्त कम्पनी अन्य कम्पनीहरुसँग मिसिँदै जापटा पेट्रोलियम बन्न पुगेको थियो । यसले उनलाई लखपति बनाएको थियो । 

राजनीतिमा प्रवेश 
सन् १९६३ मा बुश ह्यारी काउन्टि रिपब्लिकन कमिटिमा उठेका थिए । उनको जितले धेरै टेक्ससका रिपब्लिकन नेताहरुको ध्यान खिचेको थियो । 

सरुवाती हार 
१९६४ मा बुश सेनेटका लागि निर्वाचनमा उठेका थिए तर उनी डेमोक्रेटिकका नेतासँग पराजित हुन पुगेका थिए । 

वासिङटनसम्मको यात्रा 
सन् १९६६ मा उनी तल्लो सदनको प्रतिनिधिको रुपमा वासिङटन गएका थिए । उनीहोउस्टनबाट प्रतिनिधित्व गर्दै वासिङटन पुगेका थिए । 

पुनः पराजित 
सन् १९७० मा उनी पुनः सेनटका लागि छानिन असफल भएका थिए । 

राष्ट्रसंघको राजदूत 
१९७१ मा बुशलाई राष्ट्रसंघको लागि अमेरिकी राजदूत चयन गरिएको थियो । त्यतिबेला पनि आफ्नो भूमिका निकै प्रभावकारी ढङ्गमा निभाएका थिए । 

पार्टीमा समस्या
१९७२ मा बुशलाई पार्टीको रष्ट्रिय समितिमा ल्याइएको थियो । त्यतिबेला वाटरगेट काण्डको विषयमा अनुसन्धान जारी थियो । पछि उनी पनि यो मुद्दामा जोडिएका थिए र राष्ट्रपतिको राजीनामा मागेका थिए । 

चीनक लागि अमेरिकी दूत 
सन् १९७४ मा बुशलाई चीनका लागि अमेरिकी दूत नियुक्त गरिएको थियो । 

उपराष्ट्रपति 
आफैं राष्ट्रपतिका लागि उठेका बुशलाई रोनाल्ड रेगनले सन् १९८० मा उपराष्ट्रपति बनाएका थिए । 

राष्ट्रपति 
सन् १९८८ मा बुश अमेरिकाको ४१ औं राष्ट्रपति बनेका थिए । 

पानामाको मद्दामा महत्वपूर्ण निर्णय 
उनले १९८९ को डिसेम्बरमा पानामाका प्रमुखलाई लागूऔषधको मुद्दामा हटाउनुपर्ने पक्षमा वकालत गरेका थिए । अमेरिकाको सहयोगमा उनी बाहिरिएका थिए । 

असाहायको लागि महत्वपूर्ण नियम 
उनको पालामा  अमेरिकामा असाहाय मानिसहरुमाथि भेदभावमा रोक लगाइएको थियो भने कस, रेल र भवनहरुमा पनि असाहायहरुको लागि प्रवेश दिइनुपर्ने नियम ल्याइएको थियो । 

करको मार 
उनले संघीय घाटा कम गर्नका लागि कर बढाउने योजना ल्याएका थिए । उनको नयाँ कर नलगाउने योजना भने उनका लागि महँगो साबित हुन पुगेको थियो । 

खाडी युद्ध 
सन् १९९१  मा अन्तर्राष्ट्रिय सहयोगी मुलुकहरुसँग मिलेर बुशले कुबेतको मामिलामा इराकको राजधानी बगदादमा हवाई आक्रमणको निर्देशन दिएका थिए । उक्त युद्धमा अमेरिका विजयी भएको थियो । 

न्युक्लियर सम्झौता 
सन् १९९१मा बुशले रुससँग न्युक्लियर सम्झौता गरेका थिए । जसले न्युक्लियरको गलत प्रयोग हुनबाट बचाएको थियो । 

बाबुजस्तै छोरा 
सन् २००१ मा बुशका छोरा जर्ज डब्ल्यू बुश अमेरिकाको ४३ औं राष्ट्रपति बनेका थिए । यस्तोमा धरैले बाबुको नामले छोरालाई अमेरिकाको राष्ट्रपति पद मिलेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ