arrow

राहुलले उठाए मोदीको हिन्दू धर्ममा प्रश्न, सुषमाले दिइन् कडा जवाफ

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
modi-rahul.jpg

काठमाडौं । भारतमा सन् २०१९ मा आम निर्वाचन हुँदै गर्दा प्रमुख दावेदार दलहरु भारतीय जनता पार्टी भाजपा) र काँग्रेस आईबीच वाक्युद्ध चलिरहेको छ । एकले अर्कालाई हिलो छ्याप्ने काम भइरहेको छ । 

उक्त क्रममा शनिबार धर्मको मुद्दामा दुवै दलका नेताहरु आमने सामने भएका छन् । भारतको उदयपुरमा भएको कार्यक्रममा काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दू भएको प्रति प्रश्न उठाए । जवाफमा भाजपा नेतृ एवं विदेश मन्त्री सुषमा स्वराजले दुविधा मोदीमा हैन राहुलको धर्ममाथि रहेको बताइन् । 

राहुलले संवाद कार्यक्रममा भने, ‘हिन्दूत्वको सार के हो ? गीता मा के भनिएको छ ? यसको ज्ञान सबैलाई छ । सबै ठाउँमा ज्ञान फैलिएको छ । हर जीवित बस्त भित्र ज्ञान छ । हाम्रा प्रधानमन्त्री आफू हिन्दू भएको भन्छन् तर हिन्दुत्वको गुह्य बुझेका छैनन् । उनी कुन खाले हिन्दू हुन् ? उनलाई लाग्छ कि संसारको सबै ज्ञान उनको दिमागबाट निस्कन्छ ।’

जवाफमा सुषमाले ‘राहुल उदयपुर ओर्लनासाथ बिर्सने मानसिकतामा आएका छन् । उनले पहिले रानी पद्मावतीको ठाउँमा लक्ष्मीबाईको नाम लिए । राहुल गान्धी प्रधानमन्त्रीको हिन्दुत्वप्रति प्रश्न उठाएका छन् तर उनको पार्टीलाई नै राहुलको धर्म र जातिप्रति दुविधा छ । वर्षौंसम्म काँग्रेसले राहुलको छविलाई धर्मनिरपेक्ष नेता बनाएर राख्यो । तर चुनाव आउनासाथ उनलाई लाग्छ कि देशका बहुसंख्यक हिन्दू छन् । यसपछि हिन्दूको छवि बनाउन सुरु गरे ।’

सुषमा स्वराजले अगाडि भनेकी छिन्, ‘अविश्वास प्रस्तावका बेला राहुलले आफू हिन्दू भएको बताएका थिए । यसबाट पूरा देशले सम्झियो कि उनी हिन्दू हुन् । फेरि काँग्रेसलाई लाग्यो कि हिन्दू भनेर मात्र हुँदैन आस्थावान हिन्दू हुनुपर्छ । यसपछि काँग्रेस नेताहरुले भनेपछि उनी मानसरोवर यात्रामा गए अनि फर्केर आफूलाई शिवभक्त बताए । राहुल शैव, शाक्य र वैष्णव पनि बने । फेरि बयान आयो कि राहुल ब्राम्हण हुन् । हे भगवान अब यस्तो दिन पनि नआओस् कि हिन्दू हुनुको मतलब अब राहुलबाट सिक्नु परोस् ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ