arrow

चीन र अमेरिकाबीच नयाँ व्यापारिक सहमति 

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
usa-china1.jpg

काठमाडौं । विश्व व्यापारका दुई ठूला टाइकुन राष्ट्रहरु अमेरिका र चीनबीच नयाँ व्यापारिक कर नलगाउने सहमति भएको छ । जी–२० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अर्जेन्टिनामा भएको वार्तामा अब दुवै देशले एकअर्कामाथि नयाँ व्यापारिक कर नलगाउने सहमति गरेका हुन् । 

अमेरिकाले ९० दिनका लागि नयाँ करको नीति निलम्बन गरिएको र यो समयभित्र वार्ताबाट समाधान खोजिने जनाएको बीबीसीले उल्लेख गरेको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार दुई नेताबीच साढे दुई घण्टा लामो भेटवार्तामा भएको थियो । दुई नेताबीच आगामी जनवरी १ देखि नयाँ कर थप नगर्ने सहमति भएको हो । 

भेटवार्ताका क्रममा दुवै देशका नेता सहकार्य गरेर अघि बढ्ने विषयमा एकमत भएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरिका र चीनबीच पछिल्लो समयमा व्यापार युद्धको अवस्था थियो । तर दुई नेताबीच भएको भेटवार्ताले नयाँ सहमति विकास भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ