arrow

मोदीको 'जय' नारा, भारतलाई फाईदा, नेपाललाई के ? 

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
jay.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री सिंजो आबेले जी २० सम्मेलनको क्रममा एउटा नयाँ योजना तय गरेका छन् । अन्य दुई राष्ट्रप्रमुखहरुको बैठकपछि नरेन्द्र मोदीले 'जय' को नारा सार्वजनिक गरे । यसको अर्थ हो जे को अर्थ जापान, ए को अर्थ अमेरिका र आई को अर्थ इण्डिया । यसरी जयको नाराले भारतको सधैं जय नै हुने दाबी प्रधानमन्त्रीको छ । 

बैठकपछि जापान, अमेरिका र भारतले चीनको वान बेल्ट वान रोड पोलिसीलाई टक्कर दिनेगरी नयाँ योजना तर्जुमा गरेका छन् । हिन्द(प्रशान्त क्षेत्रको विकासको लागि यी देशहरु यो विषयमा सहमत भएका छन् कि एशिया प्रशान्त क्षेत्रको शान्ति एवं समृद्धिका लागि मुक्त, खुल्ला, समावेशी तथा नियममा आधारित व्यवस्था तय गर्नको लागि जरूरी रहेको निष्कर्षमा पुगेका हुन् । 

यी देशहरुले जी २० को बैठकको दौरानमा अलग बैठक गरेका थिए । एशिया प्रशान्त क्षेत्रमा वर्चस्व स्थापित गर्नको लागि चीनले गरिरहेको प्रयासका बीच यी देशहरुको बीच यी देशहरुले गरेको यो पहिलो बैठक हो । 

यो सहमति यस्तो समयमा भईरहेको हो कि जापानसँग चीनको दक्षिणी चीन सागरको विषयमा कैंयौं देशसँगै जापानसँग पनि सीमा विवाद चलिरहेको छ । दुबै क्षेत्रअयस्क, कच्चा तेल तथा प्राकृतिक संसाधनहरुको मामलामा अति समृद्ध स्थान मानिएको छ । चीन लगभग पुरै दक्षिण चीन सागरलाई आफ्नो हिस्सा दाबी गर्दै आएको छ । 

जी २० सम्मेलनअनुसार नै भएको हो बैठक
भारतीय विदेश सचिव विजय गोखलेका हनुसार प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा जापानका आबेले जी २० शिखर सम्मेलनबाट बाहेक एकदमै उत्कृष्ट बैठक भयो । मोदीले बैठकपछि ट्वीट गर्दै भनेका छन्, 'जय (जापान, अमेरिका, भारत) त्रिपक्षीय बैठक तीन साझेदार मुलुकको एकजुटता का प्रतीक  रहेको बताएका छन् ।' 

यसरी जय अभियानमा यी ३ देश लागि रहँदा नेपालले पनि यसबाट फाईदा उठाउन सक्ने पर्याप्त आधार रहेको छ । यस अघि नै चीनले वान वेल्ट वान रोड परियोजना सुरु गरिसकेको चीन र नयाँ यस्तै परियोजना ल्याउन लागेका यी तीनै देशसँगको सहकार्यलाई सुमधुर बनाएको खण्डमा नेपालले पनि यसबाट पर्याप्त फाईदा लिन सक्ने सम्भावना जानकारहरु बताउँछन् । तर, यसको लागि भने सरकारले दुबै देशसँग वार्गेनिङ गर्ने क्षमता राख्नु पर्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ