arrow

भारतको गणतन्त्र दिवसमा रामाफोसा प्रमुख अतिथि

logo
सिन्ह्वा,
प्रकाशित २०७५ मंसिर १६ आइतबार
cyril-ramaphosa-south-africa.jpg

नयाँ दिल्ली। भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा बन्ने भएका छन्। आउँदो जनवरी २६ तारिखका दिन हुने ७०औं गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि रामाफोसा हुने प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत् जानकारी दिए।

मोदीले रामाफोसालाई औद्योगिक राष्ट्रहरुको समूह जी–२० शिखर सम्मेलनका क्रममा भेटेर प्रमुख अतिथिका रुपमा उपस्थित भइदिन अनुरोध गर्नु भएको बताइएको छ। दक्षिण अफ्रिकासँग महात्मा गान्धीको विशेष र नजिकको सम्बन्ध भएकाले त्यही देशका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन लागेको मोदीले बताएका छन्।

भारतमा राष्ट्रपिताका रुपमा सम्मान गरिने गान्धीले सन् १८९३ देखि १९१४ सम्म दक्षिण अफ्रिकामा बिताएका थिए। त्यहाँ उनले अधिवक्ताको रुपमा काम गरेका थिए। भारतमा भएको अहिंसा आन्दोलनको योजना गान्धीले दक्षिण अफ्रिकामै बताएका थिए। काला जातिका मानिसलाई गोरा जातिका मानिसले गरेको भेदभावबाट रुष्ट भएर उहाँले भारतमा अङ्ग्रेज शासनविरुद्ध अहिंसात्मक आन्दोलन सुरु गर्नु भएको बताइन्छ।

भारतले अर्को बर्ष गान्धीको १५०आौँ जन्मजयन्ती मनाउन लागेको छ। यसअघि भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका लागि आमन्त्रण गरेपनि समय अभाव जनाउँदै उनले उक्त समारोहमा उपस्थित हुन नसक्ने बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ