arrow

चीनका लागि इस्लाम 'मानसिक बिरामी'

logo
खालेद ए बेइडोङ,
प्रकाशित २०७५ मंसिर १६ आइतबार
china-islam.jpg

एजेन्सी। अब्दुल्लाह (परिवर्तित नाम) लाई राती सुत्ने बेलामा सधैं ढोकामा आएर कसैले ढकढक गर्छ कि भन्ने डर मनमा भइरहने गरेको छ। उनीसँग त्यस्ता धेरै भयानक काला रातहरु अझै पनि सम्झनामा रहेका छन्। साथै उनीसँग छिमेकीहरुको कहालीलाग्दो कथा पनि आफ्नो सामुन्नेमा आएर नाच्ने गरेको छ।

अब्दुल्लाह एक विशेष उइघुर मुस्लिम समुदायका व्यक्ति हुन्। उनले चीनको सियाजिङलाई आफ्नो पुख्र्यौली थलोको रुपमा लिँदै आएका छन्। उनको धेरै पुस्ता यसै क्षेत्रमा बस्दै आएका छन्। यद्यपि उनको भूमि सन् १९४९ मा चिनियाँ सरकारको कोपभाजनमा परेको थियो। त्यससँगै अहिले उनको परिवार अस्थायी घरमा बस्दै आएका छन्। गत महिना पनि यसै गरी रातको सुनसान समयमा अब्दुल्लाह आफ्नो घरमा साथीहरुसँग सुतिरहेका थिए। 

यस्तोमा केही मानिसहरु आएर ढोकामा ढकढक गरे र विना कुनै चेतावनी धेरै मानिसहरुलाई समाएर लगे। उनीहरुले कहाँ लगे भन्ने कुरा त थाहा भएन तर अहिलेसम्म उनीहरुमध्ये धेरै मानिसहरु अझै फिर्ता आएका छैनन्। फिर्ता आएकाहरु पनि आफ्नो पहिचान गुमाएर आएका छन्। उनीहरु इस्लाम धर्म छाड्ने शर्तमा फिर्ता आएका छन्।

राष्ट्रसंघको विवरण
गत अगष्ट महिनामा राष्ट्रसंघले सार्वजनिक गरेको विवरणमा करिब ११ लाख उइघुर मुस्लिमहरुलाई चीनले आफ्नो पश्चिमी क्षेत्रमा रहेको सिन्जियाङ क्षेत्रमा एक क्याम्प बनाएर राखेको उल्लेख गरिएको थियो। यो क्षेत्रमा करिब १ करोड १० लाख उइघुर मुस्लिमहरु बस्ने गरेका छन्। राष्ट्रसंघको विवरणमा २० लाखभन्दा बढी मानिसहरु जेलमा रहेको दाबी गरिएको थियो। चीनले यसरी जेलमा राखेको, घरबार विहीन बनाउनेलगायतका कामहरु गर्नुको पछाडि उनीहरुको एकमात्र दोष उनीहरु उइघुर मुस्लिम हुन्।

चिनियाँ सरकारको ज्यादती
राष्ट्रसंघको विवरण सार्वजनिक भएको केही समयमा उक्त क्याम्पमा इस्लाम धर्म मान्नेहरुलाई धर्म छाड्नका लागि दबाब दिँदै उनीहरुको धर्मको निन्दा गर्नेजस्ता कामहरु गरिएको थियो। साथै पुरुषहरुलाई दाह्री खौरिन लागाउने र रक्सी र सुँगुरको मासु जबरर्जस्ती खुवाउने गरिएको थियो। 

चीनको उक्त क्याम्पमा दोस्रो विश्वयुद्धमा अमेरिकाले कब्जामा लिएका जापानीभन्दा १० गुणा उइघर मुस्लिमहरु रहेका छन्। प्रशासनले यो क्षेत्रमा उइघुर मुस्लिमहरुलाई धर्म छाड्न लगाउन धेरै किसिमको हतकण्डा अपनाउने गरेको छ।

उइघुरको धर्मलाई प्रशासनले मानसिक बिरामीको संज्ञा दिँदै आएको छ। चीनले उइघुर मुस्लिम बालबालिकाहरुलाई भने अनाथालयमा राख्ने र उनीहरुको परम्परागत शिक्षाबाट बञ्चित गराउने गरेको छ। यसबाट उनीहरुलाई मुस्लिम संस्कारबाट टाढा राख्नु प्रशासनको उद्देश्य पाइन्छ। चीन विशेषगरी उइघुर मुस्लिमको संस्कार पूर्णरुपमा ध्वस्त गर्ने पक्षमा देखिन्छ। 

चीन किन मुस्लिमहरुलाई हटाउन चाहन्छ ?
चीन आफ्नो आर्थिक तथा भूराजनीतिलाई बलियो बनाउन कम्मर कसेर लागेको छ। यस्तोमा उसले मानवअधिकारको विषयलाई बेवास्ता गर्दै आइरहेको छ। यस्तोमा उसले पटकपटक मुस्लिमहरुमाथि ज्यादती गर्दै आएको छ। चीन आफूमाथि लाग्नसक्ने प्रतिबन्ध तथा अन्य समस्यालाई समाप्त पार्न पनि सबै मुस्लिमको धर्म परिवर्तन गर्ने वा विस्थापित गर्ने दिशामा अघि बढिरहेको हो। 

यस्तोमा उइघुर मुस्लिमहरुको विषयमा मानव अधिकारको मुद्दामा छुटकारा पाउने दिशामा चीन रहेको छ। जसको कारण उसले मुस्लिमहरुलाई धर्म छाड्न बाध्य गराउने किसिमको नीति लिएको हो। जसको मारमा मुस्लिमहरु पर्दै आएका छन्। चीनले मुस्लिमहरुमाथि पहिलोपटक ज्यादती गरेको भने होइन। यसअघि ९/११ आक्रमणपछि पनि चीनले आतंकवादीको संज्ञा दिँदै मुस्लिमहरुमाथि ज्यादती गरेको थियो।

बेइडोङ, अलजजेराका नियमित स्तम्भकार हुन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ