arrow

तलव नपाएपछि बिरामी भन्दै पाइलट बिदामा, १४ उडान रद्द

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
jet-airways-boeing-777.jpg

काठमाडौं । भारतीय विमान कम्पनी जेट एयरवेजका १४ उडान रद्द भएका छन् । पाइलटहरुले समयमै तलव नपाएका कारण बिरामी भएको बहाना गर्दै बिदा लिएपछि उडान रद्द गर्न वाध्य भएको जनाइएको छ । 

भारतीय संचारमाध्यमहरुका अनुसार आइतबार बिहान १४ उडान रद्द गरिएका छन् । पाइलटहरुले गत सेप्टेम्बरपछि तलव पाएका छैनन् । 

घाटामा गइरहेको जेट एयरवेजको व्यवस्थापनसंग पाइलट र इन्जिनियरहरुको विवाद हुँदै आएको छ । एयरलाइन्सले कर्मचारीहरुको सेप्टेम्बरको तलब दिए पनि अझै अक्टुबर र नोभेम्बरको तलव दिएको छैन । 

पाइलटले असहयोग गरेपछि एयरवेजले एसएमएसबाट फ्लाइट स्थगित भएको जानकारी यात्रुहरुलाई गराएको छ । समस्या समाधानका लागि कम्पनी र पाइटलबीच वार्ता भइरहेको बुझिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ