arrow

आरविआई बैठक : सेयरबजारको बहसदेखि भारुको समस्या समाधानको खोजी 

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
RBI.jpg

काठमाडौं । भारतीय रिजर्भ बैंकको बैठक सोमबारदेखि सुरु हुँदैछ । आरबीआई समितिको बैठक सोमबारदेखि बुधबारसम्म चल्ने आरविआईले जनाएको छ । भारतमा पनि पछिल्लो समय समस्याको रुपमा रहेको सेयरबजार सन्तुलित राख्न चाल्नुपर्ने कदमको बारेमा गरिने छलफलदेखि डलरको सामु भारतीय मुद्राको स्तरदेखि तेलको मुल्यको विषयमा समेत टलफल गर्नको लागि बैठक बसिएको हो । यो बैठकले नै आगामी दिनमा सेयर बजारको रुपरेखा तय हुने बताईएको छ । 

बैंकको सोमबारको बैठकले लगानीकर्ताहरुको बैश्विक बजारको स्तर, विदेशी स्तर अनुसार लगानीकर्ताहरुको लगानीको स्थिती तथा घरेलु संस्‍थापक निवेशकद्वारा गरिएको लगानी, डलर विरुद्ध रुपैयाँको चाल तथा कच्‍चा तेलको मूल्यको विषयमा पनि छलफल हुने आरविआईले जनाएको छ । 

त्यस्तै बैठकले यसको अलावा अटो कम्पनीहरुको सेयरमाथि लगानीकर्ताहरुको नजरको बारेमा पनि छलफल हुने बताईएको छ । किनकी बहान कम्पनीहरुले १ डिसेम्बरदेखि आफ्नो नोभेम्बरमा भएको विक्रीको आकडा जारी गर्न सुरु गरेका छन् । 

त्यस्तै, आरविआईको मौद्रिक नीति समितिको बैठक भने ३ देखि ५ डिसेम्बरसम्म चल्ने छ । चालू वित्त वर्ष २०१८।१९को लागि यो पाँचौ द्विमासिक बैठक हो । यो बैठकको निर्णयको जानकारी डिसेम्बर ५ को अपराह्न २ः३० बजे गरिने आरविआईले जनाएको छ । एजेन्सीको सहयोगमा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ