निर्मलाको न्यायको निम्ति तरुण दल पनि आन्दोलनमा, ७७ जिल्लामा सरकारलाई ज्ञापनपत्र
प्रकाशित २०७५ मंसिर १७ सोमबार
569
Shares
काठमाडौं । नेपाल तरुण दल बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायको निम्ति आन्दोलनमा उत्रिएको छ । केपी ओली नेतृत्व सरकारले निर्मलाको बलात्कारपछि हत्या भएको करीब पाँच महिना बित्न लाग्दा समेत अपराधी पत्ता नलगाएको भन्दै तरुण दलले ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाएको हो ।
ओली सरकार गठन भएपछि अराजकता बढेको, मुल्यबृद्धी, अन्याय अत्याचार बढेको, नेपाल एयरलाइन्सको बाइड बडी खरिदमा भ्रष्टचार भएको, राष्ट्रपतिलाई १८ करोडको गाडि खरिद प्रकरण, निर्मला पन्तको हत्यामा संलगन आरोपी पत्ता लगाउन उदासिनता देखाएको जस्ता घटनाको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यलय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताए ।
तरुण दलले दशै अघि पेट्रोलियम पदार्थको मुल्यबृद्धी, निर्मला पन्त हत्या लगायतका बिषयमा बिरीध जनाउदै देशव्यापी आन्दोलन गरेपनि चाडबाडका कारण आन्दोलन स्थगित गरेको थियो ।