सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५, सोकनाहमा सोमवार दिउँसो एक बृद्ध मृत भेटिएका छन् । तराई मुलका अन्दाजी ७०-७५ वर्षका वृद्धको शव फेला परेको ईलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासले जनाएका छन् ।
खेतमा बेवारिसे शव देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । पाँच फिट छ इन्च उचाई, दाह्रीजुङ्गा पालेको, खैरो लुङ्गी, खैरो कमिज भित्र निलो हाइनेक लगाएका ती मृत व्यक्ति केही दिनदेखि सोकनाह गाउँमा देखा परेका थिए । तर उनलाई नचिनेको स्थानीयले बताएका छन् ।
बृद्धको मृत्युको बारेमा अनुसन्धानगर्दै नाम ठेगाना खुलाउन गाउँलेसँग सोधखोज गर्दै जिल्लाका प्रहरी युनिटहरुमा हुलिया पठाइएको प्रहरी निरीक्षक गौरब महतले जानकारी दिए मृतकको शव पोष्टमार्टमका लागि सोमवार साँझ अवेर जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।