arrow

अदालतले खोस्यो राजपाक्षेको प्रधानमन्त्रीको हैसियत

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १७ सोमबार
rajapaksha1.png

काठमाडौं । श्रीलंकाको अदालतले महिन्दा राजपाक्षेको प्रधानमन्त्रीको हैसियत खोसेको छ । सोमबार श्रीलंकाको अदालतले उनलाई प्रधानमन्त्रीको रुपमा काम नगर्न अन्तरिम आदेश दिएको हो । 

गत अक्टोबरमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रानिल विक्रमासिंघेलाई पदबाट हटाउँदै राजपाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । यससँगै श्रीलंकाका राजनीतिक संकट चुलिएको हो । 

चुलिँदो राजनीतिक संकटको बीचमा अदालतको महत्वपूर्ण निर्णय आएको  हो । अदालतले राजपाक्षेलाई क्याबिनेट बैठक पनि बस्न नपाउने गरी आदेश जारी गरेको हो । 

गत महिना राजपाक्षेमाथि अविश्वासको प्रस्ताव लगाइएको थियो र सो प्रस्ताव पारित पनि भएको थियो । राजपाक्षेले भने बोलीको भरमा गरिएको प्रस्तावको निर्णय मान्य नहुने भन्दै सो निर्णय नमानी आफू प्रधानमन्त्री भएको दाबी गर्दै आएका छन् । 

यस्तोमा उनको प्रधानमन्त्रीको आधार सकिइसकेको भन्दै १ सय २२ सांसदहरुले हस्ताक्षरसहित अदालतको ढोका ढकढक्याएका थिए । 

अदालतले राजपाक्षे र उनको क्याबिनेटलाई डिसेम्बर १२ मा अदालतमा उपस्थित हुनका लागि निर्देशन दिएको छ । यससँगै राजपाक्षेको विवादित सरकार थप समस्यामा परेको छ । गत साता श्रीलंकाको संसदले राजपाक्षेको क्याबिनेटका मन्त्रीहरुको तलब र भ्रमण खर्च रोक्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ