- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यदि कुनै मुलुकको राष्ट्राध्यक्षलाई ‘म जिउँदै छु’ भनेर स्पष्टकरण दिनुपर्यो भने कस्तो लाग्ला ? नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीलाई यस्तै भएको छ ।
उनी पोल्याण्ड भ्रमणको क्रममा छँदा उनलाई वास्तविक नाइजेरियाका राष्ट्रपति हो कि होइन भने प्रश्न गरियो । यसरी प्रश्न गर्नेमा पोल्याण्डमा रहेका नाइजेरियाका समुदाय थिए ।
उनले यो अफवाहको खण्डन गर्दै सामाजिक सञ्जालमा ट्वीट गरेर गलत हल्ला फिँजाउनेप्रति कटाक्ष पनि गरेका छन् । गत वर्ष उनी स्वास्थ्यको कारण बिदामा बसेको समयमा उनको मृत्यु भएको भनी हल्ला फिँजिएको थियो ।
पोल्याण्डको कार्यक्रममा बोल्दै उनले आफू वास्तविक रहेको र छिटै नै ७६ औं जन्मदिन मनाउने तयारीमा रहेको बताए । उनी कोप २४ क्लाइमेट समिटमा भाग लिन पोल्याण्ड गएका थिए ।
सामाजिक सञ्जाल फेसबुक ट्वीटरमा लोकप्रिय नेता बुहारीको मृत्यु भइसकेको र उनको स्थानमा बहुरुपी मानिसलाई राखिएको दाबी गरिएको थियो । बुहारीले यो अफवाहलाई अज्ञानता र अधार्मिक बताएका छन् ।