arrow

हिन्द महासागरमा चीनको बढ्दो प्रभाव, तनावमा भारत 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
china_influnece.png

काठमाडौं । पछिल्लो समय हिन्द महासागरमा चीनको प्रभाव बढ्दो क्रममा रहेको भारतीय जलसेनाले बताएको छ । दक्षिण एसियाका मुलुकहरुमा चीनको प्रभाव बढ्दो क्रममा रहेको अवस्थामा हिन्द महासागरमा पनि यसको असर देखिएको हो । 

भारतको जलसेना दिवसको पूर्वसन्ध्यामा सोमबार जलसेनाका प्रमुख एडमिरल सुनील लाम्बालले यस्तो जानकारी दिएका हुन् । उनले हिन्द महासागरमा शक्ति सन्तुलनको हिसाबमा भारत अझै पनि अगाडि रहेको दाबी गरे । 

त्यसका साथै पाकिस्तानको पनि हिन्द महासागरमा प्रभाव बढ्नु चिन्ताको विषय रहेको उनको भनाइ छ । 

यस्तो छ भारतको तयारी 

भारतीय जलसेनाले चीनको बढ्दो प्रभावको विषयमा आफूहरुलाई जानकारी हुनु नै महत्वपूर्ण कुरा रहेको बताएको छ । चीनको प्रभाव रोक्नका लागि भारतले पनि आफ्नो विभिन्न किसिमका योजना तथा मिसनहरु अघि सार्दै आएको छ । यस्तो देशलाई क्षति हुने कुनै किसिमको काम नहोस् भन्नका लागि आफूहरु तयार रहेको भारतीय जलसेनाले बताएको छ । 

भारतले सन् १९७१ मा भारत–पाकिस्तान युद्धमा मिलेको जितको खुसी मनाउन प्रत्येक वर्ष जलसेना दिवस मनाउँदै आएको छ । 

क्षमता विस्तार 

चीनसँग हिन्द महासागरमा चुनौती पेश गर्नु भारतलाई निकै कठिन कार्य हो । उनले सन् २०५० सम्मको अवधिमा आफूहरुसँग २०० जहाज, ५०० विमान  हुने बताए। सरकारले जलसेनामा ५६ नयाँ जंङ्गी जहाज तथा ६ पनडुब्बी पनि सामेल गर्ने योजना बनाएको छ । साथै भारतको स्वदेशी युद्धपोत पनि निर्माणको क्रममा छ । 

अन्योलता 

भारतमा सेनाको प्रमुखको विषयमा भने अझै पनि विवाद देखिँदै आएको छ । स्थल, वायु र जल सेनाका प्रमुख नियुक्त गर्ने विषयमा अझै टुङ्गो लाग्न सकेको छैन । स्थल र वायु सेनाको प्रमुख चयनबारे कुरा मिलिसकेको तर अझै पनि जलसेनाको विषयमा भने सहमति हुन बाँकी रहेको बताइएको छ । जलसेनाको विषयमा देखिएको विवादको कारण भने अन्योलता बढाएको बताइएको छ । यसले भने भारतको जलसेनाको योजनामा पनि समस्या आउनसक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ