arrow

‘जज साहेब ! २० वर्ष उमेर घटाइ पाऊँ’

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
dutchman.jpg

काठमाडौं । डेनमार्कका उत्प्रेरित भाषण गर्ने वक्ता ६९ वर्षीय एमिल रेटलब्याण्डले अदालतमा २० वर्ष उमेर घटाउनका लागि अपिल गरेका छन् । उनले आफू वास्तविकभन्दा पनि २० वर्ष जवाफ भएको महशुस गरिरहेको भन्दै २० वर्ष उमेर घटाउनका लागि अपिल गरेका हुन् । 

यद्यपि अदालतले भने उनको अपिल अस्वीकार गर्दै मानसिक हिसाबमा उनले युवा महसुस गरे पनि उमेर घटाउन भने नसक्ने जवाफ दिएको छ । अदालतले आधिकारिक उमेरमा कुनै पनि अवस्थामा कमी गर्न नसकिने बताएको छ । 

एमिलेले अदालतमा पेश गरेको निवेदनमा आफूलाई कहिल्यै पनि ६९ वर्षको जस्तो अनुभव नभएको बताएका छन् । आफ्नो नाम तथा अन्य केही विवरणहरु परिवर्तन गर्न पाउने नियमलाई आधार मान्दै आफ्नो उमेर पनि घटाउनका लागि उनले निवेदन दिएका थिए । 

अदालतले भने उमेरको आधारमा विद्यालय जाने, विवाह तथा मतदानको अधिकार निश्चित हुने भएकोले उमेर घटाउने निर्णय गर्दा उक्त कानुनहरु बेकार हुने भन्दै अपिल अस्वीकार गरेको हो । 

अदालतको अस्वीकारको विषयमा बोल्दै एमिलले यो फैसला शानदार रहेको बताए । उनले यो फैसलाले आगामी दिनमा यस्तै किसिमको अपिलको विषयमा मानिसहरु स्पष्ट हुने उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ