arrow

एक रातमा ९० करोड खर्च गर्छन् साउदी राजकुमार

logo
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
mohamad-salman.jpg

काठमाडौं । साउदी युवराज मोहम्मद बिन सलमान साउदीमा आफ्नो प्रभाव बढाउने र मुलुकलाई विश्वमा चिनाउने दिशामा लागेका छन् । यस्तोमा उनी पछिल्लो समय निकै चर्चित पनि बनेका छन् । केही दिनअघिमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनीसँग भेटवार्ता गरेका थिए ।

साउदी युवराज दोस्ती तथा सम्पत्तिको लागि विश्वभर चिनिन्छन् । एक वेबसाइटका अनुसार सालमानको सम्पत्ति करिब ३ सय खर्बको छ । विश्वको सबैभन्दा धेरै तेल निर्यात गर्ने मुलुक भएको कारण पनि उनको सम्पत्तिमा तीव्र गतिमा बढिरहेको छ । सन् २०१५ मा साउदी शाह अब्दुल्लाहको ९० वर्षको उमेरमा निधन भएसँगै शाह सलमानले गद्दी सम्हालेका थिए । त्यसको दुई वर्षपछि उनले आफ्ना भतिजालाई हटाउँदै युवराज बनाएका थिए । साथै उनलाई प्रधानमन्त्री पनि घोषित गरेका थिए ।

मोहम्मद बिन सलमान निकै विलासी जीवन मन पराउँछन् । केही वर्षअघि उनले माल्दिभ्समा आफ्नो जन्मदिन मनाएका थिए । जन्मदिनको क्रममा उनले विश्वका ठुला हस्तीहरुलाई पनि आमन्त्रण गरेका थिए । जुन पार्टीमा ८० लाख करोड डलर अर्थात् ९० करोड रुपैयाँ खर्च गरेका थिए ।

उक्त पार्टीमा पिट बुल, जे–लो तथा शकिरा जस्ता सेलिब्रेटीहरुलाई पनि आमन्त्रण गरिएको थियो । युवराज सलमानको परिवार विश्वका सबैभन्दा धनीमा सामेल छ । उनले एकपटक अभिनेत्री किम कर्दासियनको साथमा एक दिन बिताउनका लागि १ अर्बभन्दा बढीको अफर गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ