arrow

नगर प्रवक्ताको लापरबाहीपछि परिषद सदस्यले प्रवक्तालाई लेखे खुल्ला पत्र [पत्रसहित]

logo
युवराज रेग्मी,
प्रकाशित २०७५ मंसिर १९ बुधबार
dhungana.jpg

झापा । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भन्डारीले आफ्नै वडामा समिति गठनमा चरम लापरबाही गरेसंगै सो क्षेत्रमा तरंग पैदा भएको छ । गौरादह नगरपालिकाले बिनियोजन गरेको बजेट कार्यान्वयन गर्ने क्रममा विभिन्न विकास निर्माणका काम सम्पन्न गर्न आफ्ना निकटवर्ती मानिसहरुलाई रातारात उपभोक्ता समितिमा राखी काम शुरु गरेपछि घटना उत्कर्षमा पुगेको हो । वडा समिति गठनमा नगर प्रवक्ताको चरम लापरबाही 

परिषद सदस्य कोमलप्रसाद ढुंगानाले वाध्य भएर भण्डारीलाई खुल्लापत्र नै लेखेका छन् । 

यस्तो छ पत्र–                             
अध्यक्ष नगेन्द्र भन्डारी गौरादह न पा वडा न १ 
गल्ती मानबबाट नै हुन्छ, त्यसलाई हामीले आफै सच्याउनु पर्छ । शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ । नगर र वडाबाट भएका त्रुटी कमजोरीहरुको नैतिक जवाफदेहीता हामी सबैको हो । मेयरले स्थगन गरेको बैठक नेकपाबाट निर्वाचित जन–प्रतिनिधिहरुको मात्र उपस्थितिमा उप–प्रमुखलाई सन्चालन गर्न लगाएर संविधान र स्थानीय निकाय नियमाबली तथा निर्देशिकालाई टेकेर विधिको शासनलाई लत्याएर गौरादह नपाका जनताको मतको अपमान गर्नु पटक्कै राम्रो कार्य भएन । नगर्नु गरिसकेपछि ढाकछोप गर्न  कानुनी सल्लाहकारका रुपमा नगरमा चिनिनु हुने उजुरी प्रशासक ज्युलाई ‘मेयरले आफैले बहिस्कार गर्नु भएको’ बैठक भन्ने गलत प्रचार गराउने र उहाँको बौद्धिकतामाथि प्रस्न आउने वातावरण बनाउने र शान जी (एक नब पत्रकार) जस्ता व्यक्तिलाई  गलत जानकारी गराउने र वहाँहरुलाई गलत तवरको प्रयोग गर्ने !  अब कति दिनसम्मलाई हो ? वडा अध्यक्ष जस्तो गरीमामय पदमा रहनु हुने गजेन्द्र घिमिरे ज्यू पनि सामाजिक सन्जालमा चुक्नु भएको देख्न पाईयो ! बधाई छ वहालाई नि ‘छोडेर हिंडेको’ भनेर लेखिदिनु (फोटो मुनि)

कत्तिको सान्दर्भिक हुन्छ । नगरका राष्ट्र सेबक  कर्मचारीले दुई वटा बैठकको निर्णय लेख्दा (फोटो तल) एउटा निर्णयपुस्तिकामा स्थगन गरियो लेखेको छ र नगर प्रमुखको हस्ताक्षर देखिन्छ र विधिवत स्थगन पछि अर्को निर्णयमा ‘मेयर बैठक छोडेर गएपछि’ लेखिनु नगर प्रमुखप्रतिको अपमान मात्र होइन गौरादहका आम जनताको जनमतको समेत अपमान र अनादार र बहुमतको दम्म हो भन्ने मेरो बुझाइ रहेको छ । जसबाट जनताले नै स्पस्ट बुझ्ने गरी छ.....किन यति धेरै भ्रम छर्नु पर्ने थियो र दाइ ? मैले बुझ्न सकिन ! तल मैले हालेको प्रतिबिम्ब हेर्नु होला । त्यसको पुस्ट्याइ हुनेछ ।


   नेका १ न वडा सभापति इन्द्र गौतमले उठाउनु भएको विषय बस्तु भन्दा फरक गएर परिषदले महीनौं अगाडि पास गरेको वडाको योजना छनोटको प्रतिविम्बित निर्णय देखाएर किन भ्रम पार्नु भएको हो बुझिएन ? असल नेता उखु जस्तै हुनुपर्छ जसलाई भाँच्दा काट्दा निचोर्दा मीठास मात्र आउँछ । आएका कमजोरी तथा आलोचनालाई  राम्रो ग्रहण गर्नुस्, प्रतिपक्षसंग मिलेर अगाडि बढ्न्नुस् । 

आफू पारदर्शी बन्नुहोस् । नगर प्रवक्ताको भूमिका निभाउनुस् । नगरपालिकाबाट नेपाल सरकारको निर्देशन अनुरुप वेबसाइट, पेज र आइडी मार्फत कार्यपालिकाको निर्णय नगर प्रबक्ता भएको हैसियतले सार्वजनिक गर्नुस् । १८ महीनासम्मको  कार्यपालीकाको निर्णय सार्वजनिक नगरिनुको बलियो रहस्य बुझ्न पाउँ । नगर प्रबक्ता नगेन्द्र भन्डारी ज्यु,  परिषदमा पटक पटक कुरा उठाएको तर नगरिँदा लेख्न बाध्य भएँ  ।

 वडाको निर्णय पनि सोही बमोजिम सुचित र सार्वजनिक गर्दै  जनतालाई वडा सूचना बोर्ड मार्फत पत्रपत्रीका मार्फत  सुचना दिनुस् अनुरोध छ मेरो ।

उपभोक्ता समिति गठन प्रक्रिया नियामाबली अनुरुम कार्य गर्नुस । कार्यकर्ता मुखी होइन वाड सदस्यहरुसंग समन्वय गरी जनमुखी बन्नुस् दाइ । भर्खरै ८ वटा उपभोक्ता समिति गठन गर्नुभएछ । म वार्ड सदस्यलाई, वाड सदस्य गङगा बिकलाई, निर्वाचित चन्द्र सुब्बालाई न प्रतीपक्ष दलको नेता न त टोल विकास समितिका अध्यक्ष देबेन्द्र खड्कालाई समेत बेखबर गर्ने तपाईको कस्तो लाजनीती हो जान्न पाउँ ? 

यता मेयरले सर्बसत्ताबाद लादेको भनी लेख्नुहुन्छ (फोटो तल स्क्रीन शट)  हेर्नुहोला आफैले लेखेको । अनि तपाई चाहीँ वाडमा आफु खुशी मनोमानी गर्ने किन  यस्तो दाइ ? कि प्रष्ट भनिदिनुस् न त हामी काँग्रेसबाट आएको जनप्रतिनिधि हौं  त्यसैले विभेद गर्छौं गरिरहन्छौं ।
तपाई केही सम्भावना बोकेको ब्यक्तित्व भनेर कतिपय कुरामा आँखा नै  चिम्लिदिएर परिषदमा मात्र कुरा राखिदिएकै हो । निदाएको सम्झिनु भएछ त्यो तपाईको भ्रम हो  हटाउनुहोला । १७ महीनासम्म सहयोग गरेकै हुँ फेरि नि गरौंला । अलि गतिशिल बन्नुहोला सुनौलो र उज्ज्वल भविष्यको शुभकामना तपाईलाई ।
–कोमल प्रसाद ढुगाना 
वडा सदस्य ,वडा  न १  गौरादह नगरलापिका, झापा 
प्रदेश न १, नेपाल !!! जय गौरादह



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ