arrow

वडा समिति गठनमा नगर प्रवक्ताको चरम लापरबाही 

logo
युबराज रेग्मी
प्रकाशित २०७५ मंसिर १७ सोमबार
nagendra-bhandari.jpg

झापा । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भन्डारीको आफ्नै  वडामा समिति गठनमा चरम लापरबाही भएको छ । गौरादह नगरपालिकाले बिनियोजन गरेको आर्थिक वर्ष २०७५–७६को बजेट कार्यान्वयन गर्ने क्रम वडा नम्वर १ का बडा अध्यक्ष तथा नगर पालिकाका प्रवक्ता समेत रहेका नगेन्द्र भन्डारीले आफ्नै वडाका निर्वाचित वडा सदस्य ,टोल बिकास समितिका अध्यक्ष, अन्य राजनैतिक दलहरुलार्इ समेत जानकारी नै नगराइ उपभोक्ता समिति गठन प्रक्रिया नियामाबली विपरीत तथा सार्वजनिक सुचना समेत नगरी विभिन्न विकास निर्माणका काम सम्पन्न गर्न आफ्ना निकटवर्ती मानिसहरुलाई रातरात उपभोक्ता समितिमा राखी काम शुरु गरेका छन् ।

उनको यो कार्यले विकास निर्माण तर्फको ठूलो रकम दोहन हुन सक्ने भन्दै नेपाली काङ्ग्रेस वडा न १ ले निन्दा तथा भर्सना गरेको छ। 

भन्डारीले टोल विकास समितिका अध्यक्षलाई उपभोक्ता समितिको अध्यक्ष बनाउन नमिल्ने पद्धतिलाई समेत लत्याउँदै आफ्ना पक्षका टोल विकास समितिका अध्यक्षलाई उपभोक्ता समितिको अध्यक्ष बनाएपछि शंका गर्ने ठाउँ अझ बनेको र विधि र पद्धति मिचिएकोले तत्काल सच्याउन माग गर्ने र नसच्याए कठोर कदम चाल्ने वडा सभापति इन्द्र गौतमले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ