arrow

सिरिसेनालाई विक्रमासिंघेको सुझाव, ‘हिटलर बन्ने प्रयास नगर्नुहोस्’ 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १९ बुधबार
vikramasinghe.jpg

काठमाडौं । श्रीलंकामा बढ्दो राजनीतिक संकटको बीचमा बर्खास्त गरिएका प्रधानमन्त्री रानिल विक्रमासिंघेले राष्ट्रपतिलाई संविधान उलंघन नगर्नको लागि सुझाव दिएका छन् ।

मंगलवार विक्रमासिंघेले राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हिटलरको जस्तो व्यवहार नदेखाउन लागि सुझाव दिएका छन् । प्रधानमन्त्री संसदको बहुमतबाट चयन हुने भएकोले राष्ट्रपतिले यसमा आफूलाई मन लागेको व्यक्ति बनाउनु भन्न नपाउने उनले बताए । आफूहरुले केवल संविधानको पालना गर्नको अपिल गर्दै आएको विक्रमासिंघेले उल्लेख गरे । 

यसअघि सिरिसेनाले कुनै पनि अवस्थामा विक्रमासिंघेलाई प्रधानमन्त्रीको रुपमा स्वीकार नगर्ने बताएका थिए । संसदमा सबै सदस्यले स्वीकार गरेपनि उनलाई प्रधानमन्त्री नबनाउने सिरिसेनाले बताएका थिए । 

सन् २०१५ देखि श्रीलंकामा यी दुई नेताहरुको बीचमा राम्रो समन्वय चल्दै आएको थियो । यद्यपि गत अक्टोबर २६ मा सिरिसेनाले सबैलाई अचम्ममा पार्दै विक्रमासिंघेलाई हटाएर महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यसपछि श्रीलंकामा राजनीतिक संकट चुलिँदो क्रममा रहेको छ । मुलुकका दुई नेताहरुले नै आफूलाई मुलुकको प्रधानमन्त्री रहेको भन्दै दाबी गर्दै आइरहेका छन् ।

श्रीलंकाको अदालतले महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीको हैसियतमा काम नगर्न अन्तरिम आदेश दिएको छ तर उनले उक्त आदेशमा पुनरावलोनका लागि अदालतमा निवेदन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ