arrow

बाढीको पानी निकाल्नका लागि जमिनमुनि ६ किलोमिटरको सुरुङ

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
tokyo.jpg

काठमाडौं । जापानको राजधानी सहर टोकियोलाई बाढीको प्रकोपबाट बचाउनका लागि जमिनमुनि ६.३ किलोमिटर लामो सुरुङ बनाइएको छ । पानी निकासाका लागि बनाइएको यो पहिलो प्रणाली हो ।

सुरुङ निर्माणको लागि ५ सय टनको पिलर उठाइएको छ । यो सुरुङ निर्माणको लागि २ अर्ब डलरबराबरको रकम खर्च भएको छ । विश्लेषकहरुले यो सुरुङको डिजाइन निकै आकर्षक रहेको बताएका छन् । यो सुरुङ बनेसँगै उत्तरी टोकियोमा बाढीको खतरा कम भएको छ ।

जापानमा चक्रवर्ती तुफान आउनु सामान्य हो । टोकियोलाई ५ ठुला नदीहरुले घेरेको छ । साथै अन्य केही साना नदीहरु पनि ठुलो पानी परेको समयमा बाहिर आउने गर्छन् । सन् १९४७ मा आएको काथलीन तुफानमा ११ सय मानिसहरुको ज्यान गएको थियो भने ३१ हजार घर भत्किएका थिए ।

जापानले आफ्नो मुलुकमा विभिन्न समयमा आउने गरेको समस्याबाट पार पाउनका लागि उल्लेख्य रकम पनि खर्च गर्दै आएको छ । १३ वर्ष लगाएर निर्माण गरिएको यो सुरुङ पानी निकासाको लागि निर्माण गरिएको सबैभन्दा ठुलो प्रणाली हो । सुरुङको आकार कुनै सानोतिनो नदीलाई नै निकास दिनसक्ने किसिमको रहेको छ ।

जापानको प्रशासनले ५० मिमिको वर्षा भए पनि कुनै पनि समस्या नआओस् भन्नका लागि सुरुङमा ७० मिटर अग्लो ५ ओटा ट्याङ्की बनाएको छ । पानी बाहिर निकाल्नका लागि १३ हजार हर्सपावरको मेसिन लगाइएको छ । यो मेसिनले २०० टन पानी प्रतिसेकेण्डको गतिमा पानी फ्याँक्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ