arrow

मोदी र राहुलबीच र्याली सहभागीमा प्रतिस्पर्धा, कसले कति ? 

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
modi-rahul1.jpg

काठमाडौं । भारतमा आमनिर्वाचन हुँदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी निकै व्यस्त छन् । अहिले विधानसभा निर्वाचन भइरहेको छ । शुक्रबार राजस्थान र तेलंगाना गरी दुई राज्यमा अन्तिम चरणको मतदान हुँदैछ । पाँच राज्यमा चुनाव भइरहेको हो । 

भारतीय जनता पार्टी र काँग्रेस आईले सबैभन्दा बढी शक्ति भने राजस्थानमा लगाएका छन् । पाँच चुनावी राज्यमा मोदीले मात्रै राजस्थानमा पाँच वटा र्याली गरेका थिए । 

त्यसैगरी काँग्रेस अध्यक्ष राहुल गान्धीले राजस्थानमा २० वटा र्याली गरेका थिए । राहुलले मध्यप्रदेशमा २१ वटा र्याली गरे । 

राजस्थानमा शुक्रबार २०० सिटका लागि मतदान हुँदैछ । त्यसैगरी तेलंगानामा ११९ सिटमा मतदान हुँदैछ । 

मोदीले तेलंगानामा ५, मध्यप्रदेशमा १०, छत्तीसगढमा ४ र मिजोरममा १ र्याली गरेका छन् । 

राजस्थानमा एक पटकको र्यालीमा मोदीले १६ देखि १७ सिट कभर गरेका छन् । यसअघि मोदीले युपीका ४०३ सिटका लागि २४ र्याली गरेका थिए । 

राहुलले ५ राज्यमा ७७ जनसभा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ