arrow

२०१३ मा नजिक पुर्‍याएको संस्थाको एक्जिट पोल, मध्य प्रदेशमा फेरि भाजपा

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
congress-bjp.jpg

काठमाडौं । गत २९ नोभेम्बरमा भएको मध्यप्रदेशको चुनावको मतगणना ११ डिसेम्बरदेखि सुरु हुँदैछ । १५ वर्षसम्म सत्तामा जान नपाएको काँग्रेस यो पटक भाजपालाई पछारेर आफूले सत्ताको बागडोर सम्हाल्ने तयारीमा छ भने भाजपा आफ्नो विरासत जोगाउन चाहन्छ । यहाँ मूलतः दुई पार्टीकोबीच हुने भनिएको प्रतिस्पर्धामा कूल कूल २ सय ३० सिटको लागि चुनाव भईरहेको छ । 
  
मध्‍य प्रदेश व‍िधानसभा चुनाव को अलावा अन्य चार प्रदेशमा पनि विधानसभा चुनावको तयारी भईरहेको छ । राजस्थान र तेलंगनामा यही डिसेम्बर ७ मा विभानसभाको चुनाव भईरहेको छ । तर, चुनावको मतगणना सुरु नभएको भएपनि मध्यप्रदेशको विभानसभा चुनावमा एक्जिटपोल मार्फत् पूर्व घोषणा गर्न भने सुरु भईसकेको छ । 

कूल २ सय ३० मध्ये बहुमतको लागि १ सय १६ सिट आवश्यक हुन्छ । यसमा २०१३ को चुनावको एक्जिटपोलमा सबैभन्दा नजिक पु¥याएको संस्थाले यस पटक पनि भाजपाको बहुमत आउने प्रक्षेपण गरेको छ । उसले सिट संख्या सार्वजनिक नगरी भाजपाको बहुमत आउने बताएको छ । 

साल २०१३ को चुनावमा न्युज सी भोटर तथा सि भोटर इण्डिया टिभी, टुडे चाणक्य जस्ता संस्थाहरुले एक्जिट पोल सार्वजनिक गरेका थिए । ती संस्थाहरु मध्ये सबैभन्दा नजिक टुडे चाणक्यको अनुमान मेल खाएको थियो । त्यतिबेला कूल १ सय १६ सिट बहुमतको लागि चाहिनेमा १ सय ६१ सिट आउने प्रक्षेपण गरेको थियो । तर, नतिजामा भाजपाले १ सय ६६ सिट ल्याएको थियो । काँग्रेसको ६२ सिट सो संस्थाले आकलन गरेकोमा काँग्रेसको ५७ सिट आएको थियो । यही संस्थाले यो पटक पनि बहुमत सहित भाजपाले सरकार बनाउने प्रक्षेपण गरेको भारतीय सञ्चार संस्था नवभारत टाईम्सले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ