arrow

बैंक आक्रमणको घटनामा १२ को मृत्यु 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २२ शनिबार
brazil_bank.jpg

काठमाडौं । ब्राजिलको मिलाग्रेस सहरका दुई बैंकमा भएको आक्रमणमा १२ जना मानिसहरुको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बन्धक बनाइएका ५ मानिसहरुका साथै बाँकी ७ जना मानिसहरुको ज्यान गएको हो । 

ज्यान जाने सबै बन्धकहरु एकै परिवारको रहेको बताइएको छ । उनीहरु विमानस्थलबाट घर फर्किँदै गर्दा लुटेराहरुले उनीहरुलाई बन्धक बनाएका थिए । सिएरा प्रान्तका रक्षामन्त्री एन्द्रे कोस्टाले एक बयानमा आक्रमाणमा परी ज्यान गुमाएका मानिसहरुको शनाखतको तयारी भइरहेको बताएका छन् ।  

यद्यपि बयानमा कसको गोलीले बन्धकहरुको ज्यान गएको हो भन्ने विषयमा भने जानकारी दिइएको छैन । प्रारम्भिक सूचनामा भने सुरुमा अपराधीहरुले बन्धक गराइएका मानिसहरुलाई मारेको र प्रहरीको जवाफी कारबाहीमा उनीहरुको पनि ज्यान उल्लेख गरिएको छ । अहिलेसम्म घटनामा ज्यान गुमाउने १२ औं व्यक्तिको भने पहिचान हुन सकेको छैन । 

बैंकमा आक्रमणको लागि प्रयोग भएको तीन वाहन, केही हतियारहरु र एक विष्फोटक पदार्थ बरामद गरिएको छ । गिरोहले मिलोग्रेसको एकै मार्गमा रहेका दुई बैंकमा आक्रमण गरेको थियो । ट्रकमा भाग्ने क्रममा कारमा फर्किँदै गरेका परिवारलाई सडकमा ट्रक तेर्स्याई उक्त गिरोहले रोकेको थियो । 

प्रहरी आएसँगै लुटेराहरुले बन्धक बनाइएका मानिसहरुको हत्या गरेको थियो । यो गिरोहका केही व्यक्तिहरु फरार रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ