arrow

'अमेरिकाको आर्थिक आतङ्कवादले प्रतिबन्धको मार'

logo
एएफपी
प्रकाशित २०७५ मंसिर २२ शनिबार
hasan_hairan.jpg

काठमाडाै‌ं । अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्ध ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताएका छन् । 

शनिबार इरानको भ्रमणमा रहेका क्षेत्रीय अधिकारीहरूसँग कुरा गर्दै इश्लामिक राष्ट्रहरूको संयुक्त मोर्चा बनाई इश्लाम धर्म भएकै कारण दबाबमा परेका अरब राष्ट्रहरूको उन्नति क्षेत्रीय एकताबाट मात्र सम्भब भएको राष्ट्रपति रौहानीले बताए । 

“अमेरिकाको पक्षपाती तथा गैर–कानूनी प्रतिबन्ध आफ्नो सम्मानित राष्ट्रको प्रगतिलाई लक्षित गरी आएको आर्थिक नाकावन्दी भएको हो,” उनले बताए । 

अफगानिस्तान, चीन, पाकिस्तान, रूस र टर्कीका उच्च अधिकारी सम्मेलनमा सहभागी रहेका छन् । 

आर्थिक आतङ्कवाद इरानको अर्थतन्त्रमा सङ्कट उत्पन्न गर्न र यसबाट अन्य मुलुकहरूमा लगानी भित्रिनबाट रोक्नलाई तर्साउने अमेरिकी ट्रम्प प्रशासनले रचेको चालवाजी भएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ