arrow

हुवावे प्रकरण : क्यानडाका राजदूतलाई हाजिर हुन चीनको निर्देशन

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २३ आइतबार
huawei1.png

काठमाडौं । चीनले हुवावे कम्पनीका मुख्य वित्तीय अधिकारी मेंङ वानझोउलाई हिरासतमा लिएको विषयमा स्पष्टीकरणका लागि क्यानाडाका राजदूतलाई हाजिर हुन निर्देशन दिएको छ । 

साथै चीनले वानझोउलाई तत्काल रिहाइको लागि पनि माग गरेको छ । १ डिसेम्बरदेखि वानझोउ क्यानडाको हिरासतमा रहेकी छिन् । उनीमाथि इरानमाथिको प्रतिबन्धको उलंघन गरेको आरोप लगाइएको छ । 

हुवावेले इरानमा अर्को कम्पनीको नाममा आफ्ना उत्पादनहरु बिक्री गरेको आरोप लगाइएको छ । 

अमेरिकाले लामो समयदेखि हुवावेको प्रयोगले राष्ट्रिय सुरक्षाको जोखिम रहेको बताउँदै आएको छ । वानझोउ चिनियाँ राष्ट्रपति सि चिनफिङका निकट मानिन्छिन् । 

यसले आगामी दिनमा चीन–अमेरिका व्यापारयुद्ध रोक्ने मामिलामा असर पर्नसक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ