arrow

हराएको भनिएका नेपालीको शव भेटियो

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ मंसिर २३ आइतबार
dead2.jpg

पाल्पा । जिल्लाको  पूर्वखोला गाउँपालिका १ सिलुवा नजिकैको खोलामा एक व्यक्तिको शव भेटिएको छ ।  रामपुर नगरपालिका ९ जब्गादीका  ६४ वर्षका प्रेमबहादुर नेपालीको खोला किनारमा आईतबार दिउँसो  मृत अवस्थामा शव भेटिएको हो ।

नेपाली मंसिर १३ गते देखि हराएका थिए । उनी रामपुर  बजार जान्छु भनि घरबाट हिडेको र लामो समय हुँदा समेत घर नफर्किएपछि स्थानीय  र प्रहरीले खोजी गरेका थिए ।  हराएको ११ दिन पछि   इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिंहको नेतृत्वमा खटिएको टोलीले नेपालीको शव फेला पारेका हो ।

के कती कारणले उनको मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको  प्रहरीले  जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ