पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका १ सिलुवा नजिकैको खोलामा एक व्यक्तिको शव भेटिएको छ । रामपुर नगरपालिका ९ जब्गादीका ६४ वर्षका प्रेमबहादुर नेपालीको खोला किनारमा आईतबार दिउँसो मृत अवस्थामा शव भेटिएको हो ।
नेपाली मंसिर १३ गते देखि हराएका थिए । उनी रामपुर बजार जान्छु भनि घरबाट हिडेको र लामो समय हुँदा समेत घर नफर्किएपछि स्थानीय र प्रहरीले खोजी गरेका थिए । हराएको ११ दिन पछि इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिंहको नेतृत्वमा खटिएको टोलीले नेपालीको शव फेला पारेका हो ।
के कती कारणले उनको मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।