arrow

ट्रम्पको ट्वीटले भड्कियो फ्रान्स – हाम्रो देशभन्दा टाढै रहनू

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २४ सोमबार

काठमाडौं । फ्रान्समा महँगी र करवृद्धिको मामिलामा चर्किएको आन्दोलनको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिमा फ्रान्सले चर्को विरोध गरेको छ । 

ट्रम्पले ट्वीटरमार्फत् व्यक्त गरेको अभिव्यक्तिको प्रतिक्रिया दिँदै फ्रान्सले आन्तरिक मामिलाबाट टाढै रहनका लागि चेतावनी दिएको छ  । ट्रम्पले फ्रान्समा जारी ‘येल्लो भेस्ट मुभमेन्ट’ आन्दोलनको विषयमा ट्वीट गर्दै पेरिस जलवायु सम्झौताप्रति पनि कटाक्ष गरेका थिए । 

फ्रान्सेली विदशमन्त्रीश जीन–वेस द्रयाले सञ्चारमाध्यममा कुरा गर्दै आफूहरुले अमेरिकाको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगरेकोले आफूले पनि उसबाट त्यस्तै अपेक्षा गरेको बताए । 

उनले भने, “म डोनाल्ड ट्रम्पलाई हाम्रो आन्तरिक मामिलाबाट टाढा रहनुहोस् भन्न चाहान्छु । राष्ट्रपतिको पनि उनले हाम्रो देशको मामिलामा छाडून् भन्ने नै राय छ ।” 

ट्रम्पले शनिबार एक ट्वीट गर्दै फ्रान्स निकै कठिन समयबाट गुज्रिरहेको र त्यसबाट पार पाउनका लागि पेरिस सम्झौता रद्द गर्दै कर घटाउनुपर्ने सुझाव दिएका थिए । उनले पेरिस सम्झौताले फ्रान्सको लागि नै राम्रो काम नगरेको बताएका थिए । जसको कारण पूरा फ्रान्समा दंगा फैलिएको उनको आरोप थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ