arrow

सबैभन्दा बूढा सय वर्षका अर्बपति, जो अझै पनि सधैं अफिस जान्छन् 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २४ सोमबार
chang.png

काठमाडौं । जीवनको आठ दशकसम्म सम्पन्न जीवन बिताएका व्यक्तिको जीवनशैली सय वर्षको उमेरमा कस्तो होला ? यसको एउटै उत्तर आउँछ घरमा आराम गर्ने र घुमफिर गर्ने । तर प्यासिफिक इन्टरनेशनल लाइन्स (पीआईएल)का संस्थापक चाङ युन चुङ भने घर बस्ने विकल्पमा अझै पनि सहमत हुन सकेका छैनन् । 

यस वर्षको सुरुवातमा कम्पनीको कार्यकारी अध्यक्षको पद आफ्ना छोरालाई सुम्पिएका उनी अझै पनि निमयित कार्यालय जाने गर्छन् । मध्य सिँगापुरका यी अर्बपति भन्छन्, “यो मेरो स्वभाव हो ।”

५१ वर्ष पुरानो पीआईएलका अध्यक्ष रहेका चाङ अझै पनि निमयित अफिस गएर काम ठिकसँग भए/नभएको जाँच गर्ने गर्छन् । साथै प्रत्येक विभागमा गएर कामको जानकारी लिने गर्छन् । 

उनी भन्छन्, “प्रत्येक दिन म आफ्नो सबै गतिविधिहरु डायरीमा टिप्ने गर्छु ।” उनका लागि आफ्नो दिमाग सधैं गतिशील राख्ने उपाय हो । उनले यो कमपनीको सुरुवात १९६७ मा दुईओटा ‘सेकेण्ड ह्याण्ड’ जहाजबाट सुरु गरेका थिए । 

आफ्नै बुतामा अर्बपति बनेका उनी घरमा बस्दा निकै दिक्दार लाग्ने गरेको बताउँछन् । उनी आफ्ना छोरा टियो सिङ सनलाई पनि आफ्नो कामबारे बाटो देखाउने काम गर्छन् । टियोले पनि दिनको दुईपटक आफ्ना बाबुसँग परामर्श लिने गर्छन् । उनी छोरामा अझ बढी जिम्मेवारी रहेको मान्छन् । पीआईएल कम्पनी विश्वको सबैभन्दा ठूला २० आपूर्तिकर्ता कम्पनीमध्येको एक हो । योे कम्पनीमा १८ हजारभन्दा बढी कर्मचारीहरु रहेका छन् । 

नेतृत्वको पाठ 

चाङ आफ्ना छोरालाई आफ्नो आक्रोश नियन्त्रण र दबाब सहन गर्ने क्षमताबारे परामर्श दिने गर्छन् । पीआईएलमा उनको  जिम्मेवारी बढेसँगै उनले त्यसमा आफूलाई पोख्त गर्नुपर्ने उनको भनाइ छ । 

“म सानो उमेरमा निकै छिटो रिसाउँथे, त्यसैले म एक कडा नेतृत्वकर्ता थिएँ”। टियो भन्छन्, “मलाई मेरो बुबाले सिकाउनुभयो कि यदि कसैले आफ्नो कुरा मानोस् भन्ने चाहन्छौ भने शासन, शक्ति र क्रूरता होइन, इमान्दारिता र गुणस्तरमा जोड दिनुपर्छ । जसबाट मानिसहरुले साँच्चै तिमीलाई सम्मान दिन्छन् र तिम्रा कुरा सुन्छन् ।”

“बुबाको यो कुरा पालना गर्न निकै गाह्रो कुरा हो तर मलाई लाग्छ म बिस्तारै यो कुरा सिक्दैछु ”, टियो भन्छन् । 

सन् २००९ मा टियोलाई आफ्नो क्षमता देखाउनुपर्नेश अवस्था आयो । त्यतिबेला उनी प्रबन्ध निर्देशक थिए । उनी अपहरण भएको कम्पनीको जहाजको समस्या सुल्झाउनुपर्ने दायित्वमा थिए । पर्वी अफ्रिकामा अपहरण भएको कम्पनीको जहाज ठूलो मिहिनेतपछि ७५ दिनपछि सकुशल फिर्ता ल्याइएको थियो । 

“कुनै पनि व्यापारमा धेरै कुराहरु लुकेका हुन्छन्, त्यसमा पनि आपूर्तिमा झन् धेरै हुन्छन्” टियोले भने, “ यहाँ राजनीतिक, प्राविधिक मुद्दाहरु, दुर्घटनाजस्ता कुराहरुले तपाइँको रिस शान्त गर्न सहयोग गर्दैन । त्यसैले शान्त रहनु मेरा लागि महत्वपूर्ण कुरा हो र यो मैले उहाँ (बुबा)बाट सिकेको हुँ र  अझै सिकिरहेको छु ।” 

चाङको पक्षमा हेर्ने हो भने उनी आफ्नो भूमिकालाई लिएर मानसिक हिसाबमा निकै खुसी छन् । “म कहिल्यै पनि आफ्नो रिस देखाउदिनँ”, उनी भन्छन्, “जब तपाइँ आफ्नो रिस नियन्त्रण गर्न सक्नुहुन्न भने आफैंलाई पनि नियन्त्रणमा राख्न सक्नुहुन्न ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ