arrow

यस्ता पो कम्युनिष्ट ! राष्ट्रपतिले आफ्नै प्लेन गराए लिलाम, अरु ७० वटा बेचिँदै

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
mecsiko_plane.png

काठमाडौं । मेक्सिकोका राष्ट्रपति एन्द्रेस मैनुअल लोपेज ओब्राडोरले यसै वर्षको जनवरीमा सत्ता सम्हालेसँगै एकदमै लोकप्रिय निर्णय गरे । कम्युनिष्ट पृष्ठभूमिका ओब्राडोर राष्ट्रपति भएपछि जनभावना अनुरुप उनले गरेको पहिलो लोकप्रिय काम थियो आफ्नै प्लेन कब्जा ।

विपक्षीहरुले भ्रष्ट नेताहरुले चुनावमा प्रयोग गरेको भनेर आरोप लगाएको आफ्नै सहित अन्य ७० विमान र ६० हेलिकोप्टर उनले एउटै निर्णयबाट लीलामीमा विक्री गरेका छन् । त्यसमा उनी आफूले चुनावको बेलामा प्रयोग गरेको जहाज समेत रहेको छ । उनको भनिएको त्यो बोईङ ७८७९८ को यो बोईङ २१ दशमलव ८७ करोड डलर मूल्य बराबरको हो । त्यो उनको व्यक्तिगत नभएर राष्ट्रपति कार्यालयको हो । यो लक्जरीयस प्लेन उनले कम्तिमा पनि छ वर्षसम्म उपभोग गर्न पाउथेँ । तर, उनले प्रतिपक्षी दलको आलोचना लगत्तै त्यस्ता सबै जहाजहरु लीलाम गरिदिएका हुन् । 

राष्ट्रपति कार्यालयको त्यो जहाज २०१२ मा तत्कालीन राष्ट्रपति फिलिप काल्डेरनद्वारा अधिग्रहण गरेका थिए । विपक्षीहरुले आरोप लगाएका थिए कि सत्ताका भ्रष्ट नेताहरुले यी विमानहरु निजी प्रयोजनको लागि प्रयोग हुँदै आएको छ । सो विमान क्यालिफोर्नियाको विक्टरविलेमा लीलामी गर्ने गरिएको छ । 
 
विमानमा लग्जरी होटल जस्तो सुविधा 
मेक्सिकन राष्ट्रपतिको विमान बोइंग भरपूर सुविधाले भरिपूर्ण थियो । यो कुनै सुविधासम्पन्न होटल भन्दा कम थिएन । यसमा रहेका सिटहरु, डबल बेड तथा हाईटेक सुविधाका ट्वाईलेटहरुको व्यवस्था थियो । यसै प्लेनमा नै राष्ट्रपति कार्यालय समेत छ । यस भित्र वायरलेस वाईफाई कन्फ्रेन्स रूम, मनोरन्जनाको कक्षसँगै आलिशान सुविधाहरु समेत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ