arrow

भारतको ५ राज्यमा मतगणना : ७ रेस कोर्सको यात्रा कसको ?

logo
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
congress-bjp.jpg

काठमाडौं । भारतमा विभिन्न समयमा भएको विधानसभा चुनावको मत गणना सुरु भएको छ । पाँच राज्यमा भएकोे विधानसभा चुनावको परिणाम मंगलबार विहानदेखि सुरु हुन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजस्थान, मध्य प्रदेश, छत्तीसगढ, तेलंगाना तथा मिजोरममा विधानसभा चुनावको मतगणना विहान आठ बजेदेखि शुरू हुन लागेको हो । राजस्थान, छत्तीसगढ तथा मध्य प्रदेशमा भाजपा आफ्नो सत्ता टिकाईराख्न तर्फ केन्द्रीत छ भने राजस्थानमा काँग्रेसले आफ्नो पुनरागमनको दाबी गरिरहेको छ । 

एग्जिट पोलका अनुसार राजस्थानमा कांग्रेसको जीत देखाईएको छ । त्यस्तै, मध्य प्रदेश तथा छत्तीसगढमा भाजपा तथा कांग्रेसमा टक्कर देखिएको छ । तेलंगानामा एग्जिट पोल्स पूरा टीआरएसको पक्षमा देखिएको छ । पाँचौं राज्य अर्थात् मिजोरममा त्यहाँको प्रमुख दुई पार्टीहरु कांग्रेस तथा एमएनएफमा कडा टक्कर देखिएको छ । 

हिन्दूबादी मानिएको भारतीय जनता पार्टीले मध्यप्रदेशमा हिन्दू भाटबाट नै १५ वर्षसम्म शासन गरिसकेको छ । हिन्दूको विरोध गर्दा १५ वर्षसम्म पछि परेको यथार्थ सम्झिएर कम्युनिष्ट पृष्ठभूमिका राहुल गान्धी समेत रामभक्त र शिव भक्त बन्दै शक्तिपीठको दर्शन गर्न हिँडेका थिए ।  

यो चुनाव विधान सभाको चुनाव भएपनि यसले आगामी वर्ष हुने लोकसभा चुनावको पूर्वानुमान समेत गर्न सकिने बताईएको छ । यो चुनावबाट ७ रेस कोर्स मार्गमा रहेको प्रधानमन्त्री निवासमा मोदी नै बस्छन् कि राहुल गान्धी भन्नेबारे पूर्वानुमान समेत गर्न सकिने विश्लेषण गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ