arrow

घुस लिने प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर

logo
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
specialcourt-shikharnews.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पान मसलाजन्य पदार्थको व्यवसाय सञ्चालन गर्न सहज गराइ दिने बहानामा प्रहरी हवल्दार हजराले  एक लाख घुस लिँदालिँदै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ