arrow

‘तथ्यमा रहेर आलोचना गर्न सञ्चारक्षेत्रलाई आग्रह’

logo
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
Gokul-baskota-1.jpg

धादिङ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई सरकारको आलोचना गर्न छुट रहेको तर आलोचना गर्दा तथ्यको आधारमा गर्न आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको २०औँ साधारणसभा र धादिङ सञ्चार सहकारी संस्थाको ८औँ वार्षिक साधारण सभाको अवसरमा बोल्दै उहाँले संचार क्षेत्रलाई पूर्ण स्वतन्त्रता दिइएकाले तथ्यको आधारमा आलोचना गर्न आग्रह गरेका हुन् ।

उनले पत्रकारको पारिश्रमिक वृद्धि नेपालका सञ्चारगृहको क्षमता हेरेर २५ प्रतिशत वृद्धि गरेकाले यसलाई कार्यान्वयन गरेपछि थप कुरा अघि बढाउन सकिने बताए । मन्त्री बाँस्कोटाले विस्थापित भइसकेका तुइनमा मानिस चढेर अझै नदी तरिरहेको अवस्था नरहेकाले तुइन विस्थापनका विषय उठाइदिन पत्रकारहरुलाई आग्रह गरे।

“सिद्धान्त मात्र पढेकाले हाम्रो पत्रकारिता सिकाइको चरणमा छ, त्यसैले आग्रह र पूर्वाग्रह त्याग्नु पर्छ ।” उनले भने । साधारसभामा सांसद खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, प्रदेशसभा सदस्य डा रामकुमार अधिकारी, जगत सिङ्खडालगायतले शुभकामना व्यक्त गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ