arrow

पत्रकार खसोग्गीको अन्तिम वाक्यः 'सास फेर्न गाह्रो भो'

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
journalist-khashoggi.jpg

एजेन्सी। वासिङटन पोष्टका साउदी स्तम्भकार जमाल खसोग्गीले अन्तिम वाक्य “सास फेर्न गाह्रो भो” (आइ कान्ट ब्रेद) भनेर बोलेको खबर सार्वजनिक भएको छ। टर्कीको इस्तानबुलस्थित साउदी दुताबासमा छिरेपछि हत्या जत्थाको नियोजित निशानामा परेका खसोग्गीले अन्तिममा म सास फेर्न सक्दिन भनेर बोलेको रेकर्ड फेला परेको, अमेरिकी समाचार संस्था सीएनएनले सार्वजनिक गरेको हो।

खसोग्गीको पीडादायी अन्तिम अबस्थामा उनले बोलेका अन्तिम वाक्यको ट्रान्सक्राइब गरेकाले व्यक्तिको भनाइ साभार गर्दै सीएनएनले यो खबर सार्वजनिक गरेको हो। साउदी कन्सुलेटभित्र आफ्नो हत्या गर्नेहरुको जत्थासँग खसोग्गीले सामना गरिरहेको भयानक अवस्था चित्रण गर्दै भनिएको छः 

खसोग्गी : “म सास फेर्न सक्दिन, सास फेर्न गाह्रो भो, सास फेर्न गाह्रो भो।” खसोग्गीको अन्तिम अबस्था चित्रण गर्दो ट्रान्सक्रिप्टमा भनिए अनुसार, उनको शरीर कुनै आवाज आउने हतियार भन्दा पनि धारिलो हतियार प्रयोग गरेर टुक्रा पारिएको थियो।

साथै हत्याको बेला आवाज बाहिर नआओस् भनेर हत्यारा समूहलाई संगीत सुन्न सुझाब दिएको पाइएको छ। खसोग्गी हत्याबारे सार्वजनिक भएको पछिल्लो ट्रान्सक्रिप्टमा, अक्टोर २ मा उनी साउदी कन्सुलेट प्रवेश गर्दादेखि उनले अन्तिममा बोलेको र उनको शरीरका अंग टुक्र्याउँदासम्मको अबस्था उतारिएको छ। 

श्रोतका अुनसार घटनास्थलमा साउदी राजकुमार बिन सलमानका लागि काम गर्ने पूर्व साउदी कुनथनीतिज्ञ एवं जासुस अधिकारी मेहर अब्दुलाजिज मुत्रेबको आवाज पनि समेटिएको छ। हत्यास्थलमा एउटा मान्छेले, तिमी फर्किँदै छौ भन्छ। 

जवाफमा खसोग्गीले तिमीले यसो गर्न सक्दैनो, बाहिर मान्छेहरुले पर्खिरहेका छन् भन्छन्। खसोग्गीले आफ्नी मंगेतरलाई बाहिर कुराएका थिए। त्यसपछि थुप्रै मान्छे खसोग्गीमाथि जाइलाग्छन्, ट्रान्सक्रिप्टमा भनिएको छ। साथै त्यहाँ अरु हल्ला र थुप्रै आवाज सुनिएको लिखत पनि सार्वजनकि भएको छ। उतारिएको लिपि अनुसार, त्यहाँ साउदी अरबको गृहमन्त्रालयका फोरेसिक चिकित्सा प्रमुख डाक्टर सलाह मोहम्मद अल तुबैकीको आवाज समेत सुनिएको छ। खसोग्गी र मुत्रेब बाहेक त्यहाँ रेकर्ड भएको अर्को चिनिने आवाज डा. ल तुबैकीको छ, भनिएको छ। खसोग्गी अझै जीवित देखिन्छन्।

अन्तिम अबस्थामा खसोग्गी केही चिच्याएको जस्तो र ठूलो सास लिएको आवाज सुनिन्छ। त्यसपछि धारिलो हतियारले उनलाई काटेको आवाज सुनिन्छ। त्यही कोठमा तुबैकीले हत्यारा जत्थालाई भय मिश्रित आवाजमा निर्देशन दिँदै इयरफोन लगाऊ वा मैलेजस्तै संगीत सुन भनेको आवाज पनि लिपिबद्ध भएको छ। 

खसोग्गीको मृत्युको अबस्थाको ट्रान्सक्रिप्ट भने खुलेको छैन। अन्तिममा मुत्रेबले कसैलाई घटनाबारे जानकारी दिएका छन्। टर्कीका अधिकारीले उनले रियादका मान्छेलाई घटनाबारे जानकारी गराइएको दाबी गरेका छन्। मुत्रेबले भनेका छन् “उनीहरुलाई काम फत्ते भएको जानकारी देऊ।” तर साउदी अनुसन्धान टोलीले मुत्रेब र तुबैकीले कसैलाई फोन नगरेको जिकिर गर्दै आएका छन्। खसोग्गीको हत्याको बेला मुत्रेब र तुबैकी सहित १३ जनाको साउदी टोली नीजि चार्टर जेट र व्यापासायिक बिमान चढेर इस्तानबुल पुगेको, सीएनएनले दाबी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ