arrow

कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित, समायोजन नहुँदासम्म रोक

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
sanghiya-mamila-tatha-samanya-prasasan-mantralaya.jpg

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्पन्न नभएसम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको छ । 

मन्त्रालयकी उपसचिव अनिता निरौलाले कर्मचारी समायोजन शुरु भएकाले समायोजन नसकिँदासम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको जानकारी गराइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश स्वीकृत गरेकी थिइन् ।  

मन्त्रालयले सरकारी सेवाका कर्मचारीको विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै निकायलाई पत्राचार गरिसकेको उनले जानकारी गराइन् । राष्ट्रिय किताबखानामा रहेको कर्मचारी विवरणमा उल्लेखित मोबाइल नम्बरमा आआफ्नो व्यक्तिगत विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै कर्मचारीलाई एसएमएस पठाइएको छ । 

समाजोजनका लागि मन्त्रालयले कर्मचारीलाई निवेदन दिन समेत आग्रह गरेको छ । उनले सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारी आफू खटिएको कार्यालयमा शुक्रबारभित्र हाजिर भई त्यसको जानकारी मन्त्रालय र राष्ट्रिय किताबखानालाई समेत एसएमएस मार्फत गराउन निर्देशन दिएको उपसचिव निरौलाले बताइन् ।  

मन्त्रालयले स्थानीय तहमा स्थायी नियुक्त भएका कर्मचारीलाई १० दिनभित्र समायोजनको पत्र लिई सोको जानकारी गराउन समेत निर्देशन दिएको छ । मन्त्रालयले समायोजनको काम सम्पन्न गर्न सहजीकरण गर्न स्थानीय तहलाई समेत आग्रह गरिएको उनले जानकारी दिइन् । सरकारको पुष मसान्तसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने योजना छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ