arrow

फ्रान्समा आतंकवादी हमला, ३ को मृत्यु, एक दर्जन घाइते

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
france-attack.jpg

काठमाडौं। फ्रान्सको पूर्वी शहर स्ट्रासवर्गस्थित क्रिसमस बजार नजिकै अन्धाधुन्ध गोली चलेको छ। उक्त घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ। प्लेस क्लेवरमा भएको उक्त घटनामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो। घटनामा १२ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। 

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनालाई आतंकवादीको संज्ञा दिँदै अधिकारीहरुले अनुसन्धान थालेका छन्। गोली प्रहार गरेपछि भाग्दै गरेको बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी पनि घाइते भएको बताइएको छ।

उक्त संदिग्ध बन्दुकधारी आतंकवादी भएको प्रहरी स्रोत बताउँछ। उसको उमेर २९ वर्षको छ। स्टान्सवर्गमा जन्मिएको उसलाई यसअघि पनि प्रहरीले शंकाको घेरामा राखेको थियो। फ्रान्सको बीएफएम टेलिभिजनका अनुसार उक्त व्यक्ति मंगलबार बिहान आफ्नो घरबाट बाहिरिएको थियो। उसलाई प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गर्न खोजिरहेको थियो। खोजतलासका क्रममा प्रहरीले ग्रेनड फेला पारेको थियो। क्रिसमस नजिकिएसंगै सुरक्षा चुनौती युरोपभर बढ्दै गएको छ। घटनापछि बसेको आपतकालीन बैठकपछि ३५० सुरक्षा एजेन्ट्स अनुसन्धानमा खटिएको एक मन्त्रीले जानकारी दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ